गण्डकीमा मन्त्रिमण्डल बिस्तार, को-को भए मन्त्री?
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन्।
आज मन्त्रिपरिषद बिस्तार गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्।
गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त भए पनि पोखरेलले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका थिएनन्।
कांग्रेसका कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन्।
माओवादीबाट रामजी बराल अर्थ मन्त्री भएका छन्।
जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री यसअघि नै भइसकेका थिए।
स्वतन्त्र सांसद राजिब गुरूङ युवा तथा खेलकूद मन्त्री भएका छन्। उनलाई पनि यसअघि नै मन्त्री बनाइएको थियो।
कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री भएका छन्।
माओवादीबाट मधु अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी थिइन्।
माओवादीका चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन्।
कांग्रेसका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री भएका छन्।
माओवादीबाट दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ खाइसकेका छन्।
पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ। दुई सांसद रहेको जसपाले दुई जना नै मन्त्री हुनुपर्ने माग गरिरहेको थियो ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











