प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडाैँ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनको लागि आज (आइतबार) दिउँसो साढे १२ बजे प्रदेशसभा बैठक बस्न लागेको हो।
मुख्यमन्त्री आचार्यले गएको २५ असोजमा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पेश गरेका थिए।
नेकपा एमालेको विरोधका कारण प्रदेशसभामा मतदान प्रक्रिया पछि सरेको थियो। मुख्यमन्त्रीको प्रस्तावमा गएको शुक्रबारै मतदान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए। तर, सभामुख र एमाले त्यसका लागि तयार नभएपछि त्यो प्रक्रिया आजका लागि सारिएको हो।
सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। एमाले विभाजन भएको भोलिपल्ट (९ भदौमा) आचार्य मुख्यमन्त्री बनेका थिए। त्यतिबेलै अल्पमतमा परेपनि प्रक्रिया पछि धकेलिँदा मुख्यमन्त्री आचार्य अझै पदमा कायम छन्।
मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा परेपनि आचार्यले विश्वासको मत लिन आनाकानी गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ।
प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। तर, सभामुख र एक जना फरार सांसदको संख्या घटाउँदा प्रदेशसभामा एमालेका ३९ जना मात्रै सांसद हुन्छन्। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार पाँच सय ८३ रुपैयाँ जरिबानाको सजाए सुनाएपछि सांसद गुलेफुन खातुन फरार छिन्।
प्रदेश १ को प्रदेशसभामा कुल सांसद संख्या ९३ छ। सरकार बनाउनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
प्रतिपक्षी गठबन्धनसँग भने ५० सांसद संख्या सजिलै पुग्ने देखिन्छ। प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।
प्र देश १ मा मुख्यमन्त्री आचार्यको सरकार ढालेर एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको तयारी छ
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












