नेकपा माओवादी केन्द्र प्रदेश–१ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नं १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।
प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा १६९ मत प्राप्त गरी मिक्सो विजयी भएका हुन् । उनी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।
अर्का अध्यक्षका प्रत्यासी मुक्साहाङ लिम्बू (मुकेश) ले ६४ मत प्राप्त गरे ।
प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीकाअनुसार तीन उपाध्यक्षमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भएका छन् । चाम्लिङले १२०, डाँगीले ११३ र साम्पाङले १११ मत प्राप्त गरे ।
उपाध्यक्ष पहिलो संविधान सभाका सदस्य मोहनबहादुर खत्री पराजित भए । उनले ८६ मत प्राप्त गरे ।
सचिवमा १४८ मत प्राप्त गरी गणेश उप्रेती निर्वाचित भएका छन् । अर्का प्रत्यासी सीपी कडरियाले ८३ मत ल्याए ।सहसचिव पदमा कुमारी राई (रचना) ११४, ऋषिराम ढुंगानाले ९५ र सागर किराँती ७३ मत प्राप्त गरी विजयी भए । सहसचिवमा १३ चुनावी मैदानमा थिए ।
कोषाध्यक्षमा ९६ मत प्राप्त गरी रेवतराज पुरी विजयी भए । कोषाध्यक्षमा चारजनाबीच प्रतिष्पर्धा भएको थियो । माओवादी केन्द्र प्रदेश १ को सम्मेलन मङ्सिर २५ गते मोरङको विराटचोकमा उदघाटन भएको सम्मेलनलेक्ष२५९ जना प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।
तर, पदाधिकारी चयन गर्न सकेको थिएन । सर्वसम्मतिको प्रयास गरेपनि नमिल्ने भएपछि बुधबार राति चुनाव भएको हो ।
प्रदेश कमिटीका २५९ सदस्यहरूले २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा विजयी पदाधिकारीलाई माओवादी नेता राम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











