आई एमई लाइफ इन्स्योरेन्सले दियाे ११ लाख मृत्यु दावी भुक्तानी
संखुवासभा । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
आईएमई लाइफ इन्सोरेन्सको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको आईएमई लाइफ लाइफ इन्स्योरेन्स शाखा कार्यालय खाँदबारीका प्रमुख कृष्ण श्रेष्ठले बताए ।
बीमित गिरी बैदेशिक रोजगारका सिलसिलामा श्रीलंकामा गत साउन १४ गते मृत फेला परेकी थिइन् । मृतक गिरीले २०७५ जेठ १८ गते १० लाख रुपैयाँको जीवन विमा गराएकी थिइन् ।
तेस्रो किस्ता बापत गिरीले १ लाख ९८ हजार दुई सय ७० रुपैया मात्र बुझाएकोमा उनको मृत्यु भएको थियो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो शाखा प्रमुख श्रेष्ठले बताए । मंगलबार खाँदबारीमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम मृतक दिलसाका बुबा चन्द्र बहादुर गिरीलाई हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यु दाबी रकम आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर १ का सह–संयोजक ओम प्रकास राई जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, उद्योग बाणिज्य संघ संखसवासभाका अध्यक्ष कृष्णभगत प्रधानको उपस्थितीमा हस्तान्तरण गरिएको हो । जीवन विमा गर्दा आफु र आफ्नो परिवारलाई फाइदा पुग्ने जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बताए । विमाको दायरा बढाउन सबै पक्ष हातेमाले गरेर लाग्नु पर्ने जिसस प्रमुख शाक्यले बताए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











