नेपालले पहिलो पटक अफ्रिकन टोली मरिसससंग मैत्रीपुर्ण खेल खेल्दै
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला तीन खेलयता जित हात पार्न नसकेको नेपालले मैत्रीपूर्ण खेलमा शनिबार मौरिसससँग खेल्दैछ। तुलानात्मकरुपमा कमजोर प्रतिद्वन्द्वी मोरिसस नेपाललाई जिततर्फ फर्कन राम्रो अवसर हुने छ।
दशरथ रंगशालामा अपरान्ह पौने ५ बजेदेखि सुरु हुने खेलमा नेपालका लागि घरेलु मैदान र दर्शकले केही सहज हुने निश्चत छ। नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले पहिलोपटक अफ्रिकन टोलीसँग खेल्न लागेकाले फरक अनुभव लिने अवसर भएको र जितका लागि खेल्ने बताए। घरेलु लिग पनि खेलिरहेकाले नेपाली खेलाडीहरु मानसिक र शारीरिकरुपमा फिट रहेको उनको भनाई छ।
नेपाली फुटबल टोलीले गत सेप्टेम्बरमा साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग हार ब्यहोरेयता पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। त्यस प्रतियोगिताको अन्तिम तीन खेलमा नेपाल जितबिहीन थियो।
त्यसअघि सोही प्रतियोगितामार्फत नेपालले अन्तर्राष्ट्रिय फुटबलमा तीन वर्षपछि पहिलोपटक लगातार दुई खेल जितेको थियो। नेपालले अन्तिमपटक सन् २०१८ मा आयोजित साफ च्याम्पियनसिपमा लगातार दुई खेल जितेको थियो। नेपालले सन् २०२१ यता खेलेका १४ खेलमा ४ जित, ७ हार र तीन बराबरीको नतिजा निकालेको छ।
मौरिससका प्रशिक्षकले झण्डै साढे २ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागिएको बताएका छन्। उनले टोलीले शतप्रतिशत क्षमता लगाएर खेल्ने बताए।
फिफा वरीयतामा नेपाल १६९औं र मोरिसस १७२औं स्थानमा छ । तथ्यांकमा मोरिसस नेपालभन्दा केहि कम्जोर देखिए पनि शारीरिक रुपमा भने बलियो छ ।
मोरिससका प्रशिक्षकले नेपाल निकै बलियो टोली रहेको बताएका छन्। पछिल्ला लगातार ११ खेलमा जितविहीन रहेको मोरिससले यो यात्रामा ९ हार र २ बराबरीको नतिजा निकालेको छ। नेपाल र मौरिससबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल आगामी मंगलबार हुने छ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले दिएको जानकारी अनुसार रंगाशालाको कुल क्षमताको एक तिहाई दर्शक राखिनेछ। खेलमा टिकटदर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ५ सय तोकिएको छ ।
पहिलो खेलका लागि नेपाली टिम
किरणकुमार लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु, जगजित श्रेष्ठ ।
सम्वन्धित समाचार
नेपाल र मरिससबिचको मैत्रिपुर्ण खेलले दुई देशको जनस्तरसम्म सम्वन्ध विस्तार गर्छः अवैतनिक वाणिज्य राजदुत कार्की
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












