गोप्य सूचना राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउँछन् – अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिकै एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेकै एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको बताएका हुन्। तर आधिकारिक कुरा आफूलाई थाहा नभएको उनको भनाइ थियो।
अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा चुहाउने गरेको आरोप लगाए। ‘कुनै नागरिकले समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर गोप्य कुराहरु किन पुर्याइन्छ?’, उनले प्रश्न गरे, ‘यस्ता कुराले अनुशासन हुँदैन। रिपोर्ट गर्नुपर्ने सूचना रिपोर्ट नहुने तर गोप्य कुराहरु मिडियामा दिने काम हुन्छ।’
अर्थमन्त्री शर्माले राष्ट्र बैंकमा बदमासी भइराखेकोसमेत बताए। उनले पछिल्लो १५ दिनमा बैंकहरुमा एलसी कतिले खोले त्यसको एकिन रेकर्ड दिन माग गरे।
‘राष्ट्र बैंक अर्थ मन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु। हो पनि। कसैले मलाई फोन गर्छ, यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ। के रे शेयर किन्ने पैसामा क्याप लाइसक्यो। ४/१२ गराइयो। किन गराएको भन्ने प्रश्न सोध्छ। अनि म गभर्नर साबलाई सोध्छु। के हो यो, के गर्नु भएको हो, के भन्ने हो मैले जवाफ, मैले सल्लाहकारलाई सोध्नु त पर्यो नि, सोध्न अन्त कहाँ जाने?’, उनले भने, ‘कहिलेकाहीँ बैंकको ब्याज बढ्छ। कति बढ्यो ब्याज भनेर सोध्नुप¥यो। कहिलेकाहीँ कोही आउँछ र निवेदन दिन्छ। त्यो निवेदन के रहेछ, हेरिदिनु पर्यो भनेपछि मिडियालाई बुझाइन्छ। हस्तक्षेप ग¥यो अर्थमन्त्रीले भन्ने छ। ऐन–कानुनले चल्ने हो। मन्त्री होस् वा कुनै संस्था होस्। कोही सम्बोधन गर्न आयो नदिने। मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझिदिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन?’
अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताए। श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको उनको भनाइ छ।
मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताए। उनले सरकारले धेरै छुट दिएकाले विलाशिताका सामानको आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको जानकारी दिए।
मुलुकमै अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ थियो। सरकारले बनाएका नीतिमै समस्या रहेको औंल्याउदै अर्थमन्त्री शर्माले बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
‘अहिलेको डलर सञ्चिती साढे ६ महिनालाई पुग्ने छ। योभन्दा तल नझरोस् भनेर हामी सर्तक हुनुपर्छ’, उनले भने, ‘किन बढ्दै गयो भन्दा विलाशिताका सामानमा हामीले छुट दियौं धेरै। हाम्रा स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो। हामीले स्याउ आयातमा प्रोत्साहित गरौं। हाम्रो गल्ती त्यहाँ भएको छ। हाम्रा आलु दरदराजमा त्यतिकै फ्याँकिएका छन्। तिनलाई बजारमा पुर्याउने सोच बनाएनौं। त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं। त्यसकारणले हामीले आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं। हामीसँग उत्पादनको लागि सबै कुरा छ तर हाम्रो नीतिमा कतै कमजोरी भयो। हाम्रो नीतिमा कतै गडबढी भयो। कार्यान्वयन क्षेत्रमा समस्या आयो। नीतिको दुरुपयोग भयो वा भष्टाचार भयो। खोज्नु पर्ने यहाँ छ।’
मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेनबीचको युद्धको कारण थप समस्या आएको स्वीकार गरे। नेपालको अर्थतन्त्रमा पछिल्लो समय अत्यधिक पेट्रोलियम पदार्थको आयात, अनावश्यक विलासिताका बस्तु आयात, चाहिनेभन्दा बढी गाडी आयात गरेकाले समस्या आएको उनको भनाइ छ।
‘नेपालको अहिलेको आर्थिक अवस्थाको बारेमा विभिन्न ढङ्गले छलफल र बहसहरु गरिरहेका छौं’, उनले भने, ‘हामीले आफ्नो स्रोतसाधनको उपयोग कसरी गर्ने भन्ने आएको छ। त्यसको सदुपयोग पहिला सुशासनबाट हुन्छ। पारदर्शिताबाट सुरु हुन्छ। आफ्ना जिम्मेवारीबाट सुरु हुन्छ। यस्ता कुराले पनि अर्थतन्त्रमा प्रभाव पार्छ। हाम्रा स्रोतसाधनको भरपुर प्रयोग गर्ने हो।’
अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा पुर्याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताए। क्रिप्टोकरेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको उल्लेख गर्दै उनले भने, ‘प्रविधिको विकास भइराख्छ। प्रविधिको विकासले आउने चुनौतीबाट हामीले डराउने होइन। त्यसले मानव सभ्यता र समाजलाई सकारात्मक प्रभाव दिन्छ। सकारात्मक र नकारात्मक सँगसँगै आउँछ।’
अर्थमन्त्री शर्माले सरकारले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीलाई समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












