बीमाशुल्क संकलनमा निर्जीवन बीमा कम्पनीबीच प्रतिष्पर्धा, शिखरलाई नेकोले उछिन्यो
काठमाडौं । बीमाशुल्क संकलनमा निर्जीवन बीमा कम्पनीहरूबीच प्रतिष्पर्धा देखिएको छ । बजारमा अग्रता कायम राख्दै आएको शिखर इन्स्योरेन्सलाई खुद बीमाशुल्कमा अन्य कम्पनीहरूले टक्कर दिन थालेका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १८ निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ४६ करोड ३० लाख ५६ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा खुद बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्सलाई नेको इन्स्योरेन्सले पछि पारेको छ ।
खुद नाफा कमाउने कम्पनीको शीर्ष स्थानमा परेको शिखर इन्स्योरेन्सलाई खुद बीमाशुल्कमा भने नेकोले उछिनेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ३७ करोड ६३ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
शिखर इन्स्योरेन्सले १ अर्ब १३ करोड १० लाख २३ हजार रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको छ ।
तथ्याकंअनुसार कुल बीमाशुल्क संकलनमा भने निर्जीवन बीमा कम्पनीमा शिखर नै पहिलो छ । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा शिखरले ३ अर्ब ६२ करोड ६५ लाख ७० हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा नेकोले २ अर्ब २४ करोड ११ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीहरूका अनुसार खुद बीमाशुल्क भनेको पुनर्बीमा कमिशन खर्च कटाएर बाँकी भएको रकम हो । भने कुल बीमाशुल्क भनेको सो खर्च कटाउनु अघिको रकम हो ।
सबैभन्दा थोरै खुद बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी परेको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड १२ लाख ४९ हजार रूपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा १८ निर्जिवन बीमा कम्पनीहरूमध्ये ३ वटा कम्पनीले मात्रै अर्बभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेका छन् ।
नेको इन्स्योरेन्स, सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सले अर्ब भन्दा धेरै बराबर खुद बीमाशुल्क संकलन गरेका हुन् ।
यी ३ कम्पनीमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको छ । नेकोले १ अर्ब ३७ करोड ६३ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन कम्पनीहरूले संकलन गरेको खुद बीमाशुल्कको १३.१५ प्रतिशत हो ।
यस्तै, शिखरले १ अर्ब १३ करोड १० लाख २३ हजार रूपैयाँ र सगरमाथा इनस्योरेन्सले १ अर्ब ९ करोड ५७ लाख ९० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
कम्पनीहरूले संकलन गरेको खुद बीमाशुल्कमा शिखरको हिस्सा १०.८१ प्रतिशत र सगरमाथाको १०.४७ प्रतिशत हुन आउँछ ।
यस अवधिमा ८ वटा कम्पनीले ५० करोड रूपैयाँभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेका छन् ।
आईएमई जनरल, लुम्बिनी जनरल, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र यूनाइटेड इनस्योरेन्सले ५० करोड रूपैयाँ भन्दा बराबरको खुद बीमाशुल्क संकलन गरेका हुन् ।
सिद्धार्थ इन्स्योरेन्सले ८३ करोड ६६ लाख २८ हजार रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले ५९ करोड ६४ लाख ८ हजार रूपैयाँ, प्रभु इन्स्योरेन्सले ५१ हजार ४६ लाख २७ हजार रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले ६२ करोड २३ लाख १२ हजार रूपैयाँ, नेपाल इन्स्योरेन्सले ६० करोड १३ लाख ३९ हजार रूपैयाँ, लुम्बिनी जनरलले ५१ करोड ६६ लाख रूपैयाँ, आईएमई जनरल इन्स्योरेन्सले ५२ करोड ७६ लाख ७७ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
अजोड इन्स्योरेन्सले ३६ करोड ३१ लाख रूपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ५८ लाख रूपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २७ करोड ७ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ३५ करोड ७४ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४ करोड ५३ लाख रूपैयाँ र सानिमा जनरलले २२ करोड २४ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।
यी कम्पनीहरूले चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा ३ अर्ब २५ करोड ७१ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएका छन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












