जब एमाले सांसद चाैधरीले संसदमै बलात्कार प्रकरणमा महरा र पलको चिषय उठाइन…
यौन हिंसाको कानुन बनाउँदा पुरुष पनि पीडित छन् भन्ने भुल्नु हुँदैन: गंगा चौधरी
काठमाडौं । सांसदहरूले यौन हिंसा घटनामा दोषी उम्कन नहुने र निर्दाेषले सजाय भोग्ने अवस्था सृजना नहुने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका सांसदहरुले पीडक उम्कन नपाउने गरी हदम्याद राखिनुपर्ने र पुरुष पनि पीडित बनेका घटनालाई मध्यनजर गरेर कानुन बनाउनुपर्ने सुझाव दिएका हुन् ।
यसैक्रममा गंगा चौधरीले महिला वा पुरुष जोसुकै दोषी भए पनि कारबाही हुने गरी कानुन बनाउनुपर्ने बताइन् । पुरुषका लागि पनि सांसलले आजाज उठाउनु पर्ने बताएकी उनले महिलाको मात्र होइन पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्ने बताइन् ।
पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्ने बताएकी उनले भनिन्, ‘पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन ।’
निर्देष पुरुष नफस्ने गरी कुन कुन अवस्थाका लागि हदम्याद राख्ने भन्ने विषयमा ख्याल गर्नुपर्ने बताएकी उनले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने बताइन् ।
मन मिलेसम्म लभ र नमिले बलात्कारको आरोप लगाएर जेल हालेको सदनमै पूर्वसभामुखको घटना हेरेको भन्दै उनले भनिन्, ‘मन मिलेसम्म ’लभ’ र नमिलेपछि ’रेप’को संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’
पूर्व सभामुख महरा सभामुख रहेकै बेला संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उक्त आरोपका कारण महरा ६ महिनासम्म जेल बसेका थिए । तर, पनि उनले अदालतबाट सफाइ पाएका थिए ।
पछिल्लो समय आएका घटनाहरु पनि उल्लेख गर्दै उनले हदम्यादको आवश्यकतामा जोड दिइन् । ‘पल शाह र ….को कुरा आयो । जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने । आफ्नो स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ?’ उनी थप्छिन्, ‘यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’
महिला भएर महिलाको विरोध गरेको भनेर आफूलाई नभन्न पनि उनको आग्रह छ । ‘मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो कुरा बुझ्नुपर्छ, यो हेक्काका साथ मैले कुरा राखिराखेको छु’ चौधरीले भनिन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











