मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडाैं । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही गाउँठाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् ।
गए राति दुवै जना सवार भएर सिन्धुलीबाट सर्लाहीको लागि आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सूर्यको मृत्यु भएको छ भने निरज गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएकोमा सूर्यको उपचारको क्रममा मृत्यु भएको थियो । गम्भीर घाइते निरजको उपचार अझै पनि सोही अस्पतालमा भइरहेको छ भने सूर्यको शव पनि सोही अस्पतालमा रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...











