निर्वाचनमा विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि…
काठमाडौं । ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् ।
काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि
सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए । विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘पोर्न भिडियो’ पनि झुक्किएर पठाए ।
उक्त ‘पोर्न भिडियो’ थियो – गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्ने कुरै भएन ।
यसपछि उनले गाउँका अन्य युवाहरूलाई सोही भिडियो ‘फरवार्ड’ गरे । अनि, उक्त पोर्न भिडियो ‘भाइरल’ भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुल्यो ।
रामसिंह गाउँकै मालिकार्जुन आधारभूत विद्यालयमा कार्यरत छन् । ती युवती पनि सोही विद्यालयको पूर्वविद्यार्थी हुन् ।
तर, उनीहरूको ‘पोर्न भिडियो’ सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिए । जाहेरीका अधारमा सोही दिन रामसिंह पक्राउ पनि परे ।
प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार (जबर्जस्ती करणी) मुद्दा दर्ता गरेको छ ।
सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले अभियोगपत्र दर्ता गराउँदै रामसिंहविरुद्ध सजायको माग दाबी पनि गरेका छन् ।
तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहको जिकिर छ । उनका अनुसार कहिलेकाहीँ हेर्न भनेर ‘पोर्न भिडियो’ पनि सहमतिमै खिचिएको हो ।
बयानमा उनले गाउँ नजिकैको रानी वनमा गत वर्षको मंसिरमा दुई दिन र पछिल्लो पटक ७ फागुन २०७८ मा गाउँकै एक जनाको गोठमा करणी गरेको बताएका छन् ।
युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा ‘काम छ’ भन्दै रामसिंहले केही पर तान्दै गोठमा लगी बलात्कार गरेको बताएकी छिन् ।
युवतीले बलात्कार भने पनि रामसिंहले चाहिँ युवतीसँग आफ्नाे प्रेम सम्बन्ध रहेकाे र फाेनमा कुराकानी गरिरहने र भेट भएकाे माैकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेकाे बयानमा उल्लेख छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












