नागरिक सुरक्षाप्रति संवेदनशील हुन सांसदहरुको माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नागरिक सुरक्षाप्रति संवेदनशील भएर योजना बनाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सात मन्त्रालयको विविध शीर्षकमाथिको छलफलमा उनिहरुले महिला हिंसाको अन्त्य गर्न माग गरेका छन् । सांसदहरुले सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सांसद महेशकुमार महराले राज्यले नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए। नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउनुपर्नेमा उनको जोड छ । सांसद गङ्गाकुमारी बेल्वासेले देशभर महिला हिंसाका घटना भइरहेकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरे ।
उनले १० देखि १८ वर्ष उमेर समूहका बालिकाका लागि शारीरिक सुरक्षासम्बन्धी तालिम दिनुपर्ने बताए। उनले कैदीबन्दीको घनत्व घटाउनुपर्ने र कारागारलाई सुधार केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सांसद सुमित्रा विसीले राजधानीलगायत सहरी क्षेत्रमा नागरिकले विद्युतको समस्याका कारण वर्षैपिच्छे इन्डक्सन चुलो फेर्नुपर्ने अवस्था रहेको बताए । लिफ्ट सिँचाइमा सरकारले एकदेखि पाँच लाखको टुक्रे बजेट छुट्टयाउने गरे पनि त्यो पर्याप्त नभएको बताए ।
सांसद् जीतेन्द्रनारायणदेवले आर्थिक आवश्यकताका आधारमा बजेट बनाउनुपर्नेमा जोड दिए । दुबै सदनमा राजनीति र अर्थतन्त्र बुझ्ने सांसद भएकाले पर्याप्त छलफल हुनुपर्ने उनले बताए। आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा मन्त्रालय तथा राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।
मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धमा राष्ट्रियसभामा यही १२ र १३ गते विषयगत मन्त्रीबाट जवाफ दिने अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदनमा जानकारी गराएका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












