दाजुको पक्षमा निर्वाचन परिणाम पार्न महान्यायाधिवक्ता खाती जब कामुप्रन्या कार्कीको च्याम्बरमा छिरे…
काठमाडौं । बाजुराको बुढीगंगा नगरपलिकामा पुन: मतदान वा पुन: मत गणना गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता खम्मबहाफुर खातीले सर्वोच्च अदालतलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।
बुढीगंगाको निर्वाचन विवादमा निर्वाचन आयोगलाई पुन: मतदान गराउन पर्ने निर्णय गराएका खातीले आफ्ना दाजुलाई जिताउन राज्य शक्तिको दुरुपयोग गरेका हुन् ।
बुढीगंगामा खातीका आफ्नै दाई रंगबहादुर खाती नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका छन् । उनै दाईलाई जिताउन खातीले राज्य शक्तिको दुरुपयोग गरेका हुन् ।
निर्वाचन आयोगले बूढीगंगामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ । तर, रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।
सुनुवाईकै क्रममा भएको टि-ब्रेकको समयमा खातीले मंगलवार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर निस्के लगत्तै सर्वोच्चबाट उनको पक्षमा हुने गरि आदेश आएपछि विपक्षीका वकिलहरुले जे नहुनु थियो त्यहि भयो भन्दै कानेखुशी गरेको स्रोतको दाबी छ ।
मंगलवार कामु प्रधान न्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश जारी नगर्ने आदेश दिएपछि अब निर्वाचन आयोगकै निर्णय अनुसार अघि बढ्न सहज भएको जनाइएको छ ।
वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले पुन: मतगणनाको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेशको माग गरिएको थियो ।
वकिल समेत रहेका एमाले स्थायी कमिटी सदस्य तथा बाजुराका नेता कर्णबहादुर थापाका अनुसार सेटिङ भएको सहजै भन्न सकिन्छ । टि-ब्रेकको समयमा खाती कामूको च्याम्बरमा छिर्नु र लगत्तै खातीकै पक्षमा फैसला आउनु यसको तथ्य यहि भएको उनको ठहर छ ।
खम्क खातीले बुढीगंगा नगरपालिकाको निर्वाचनकै दिन मतदान रद्द गर्न नसकेपछि मतदान केन्द्रबाट प्रहरी फिर्ता गराउनेदेखि पुनः मतदानको लागि जिल्ला सुरक्षा समितिलाई दबाब दिएको र पदीय दुरुपयोग गरेको प्रतिवेदन निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले नै दिएको थियो ।
आयोगको टोलीले मतगणना गर्न सुझाव दिए पनि खातीमार्फत सरकारको दबाबमा आयोगले पुनः मतदानको निर्णय गरेको आरोप छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा अदालतलाई समेत खातीले प्रभावित पारेको आरोप रिट निवेदकको छ । मुख्य निर्वाचन अधिकृतले बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदानको मिति तोकिसकेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












