दाजुको पक्षमा निर्वाचन परिणाम पार्न महान्यायाधिवक्ता खाती जब कामुप्रन्या कार्कीको च्याम्बरमा छिरे…
काठमाडौं । बाजुराको बुढीगंगा नगरपलिकामा पुन: मतदान वा पुन: मत गणना गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता खम्मबहाफुर खातीले सर्वोच्च अदालतलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।
बुढीगंगाको निर्वाचन विवादमा निर्वाचन आयोगलाई पुन: मतदान गराउन पर्ने निर्णय गराएका खातीले आफ्ना दाजुलाई जिताउन राज्य शक्तिको दुरुपयोग गरेका हुन् ।
बुढीगंगामा खातीका आफ्नै दाई रंगबहादुर खाती नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका छन् । उनै दाईलाई जिताउन खातीले राज्य शक्तिको दुरुपयोग गरेका हुन् ।
निर्वाचन आयोगले बूढीगंगामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध अदालतको आदेशसँगै असार २३ गते उक्त नगरपालिकामा निर्वाचन गर्न बाटो खुलेको छ । तर, रिट निवेदनमा यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गरिएको थियो ।
सुनुवाईकै क्रममा भएको टि-ब्रेकको समयमा खातीले मंगलवार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर निस्के लगत्तै सर्वोच्चबाट उनको पक्षमा हुने गरि आदेश आएपछि विपक्षीका वकिलहरुले जे नहुनु थियो त्यहि भयो भन्दै कानेखुशी गरेको स्रोतको दाबी छ ।
मंगलवार कामु प्रधान न्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश जारी नगर्ने आदेश दिएपछि अब निर्वाचन आयोगकै निर्णय अनुसार अघि बढ्न सहज भएको जनाइएको छ ।
वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले पुन: मतगणनाको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेशको माग गरिएको थियो ।
वकिल समेत रहेका एमाले स्थायी कमिटी सदस्य तथा बाजुराका नेता कर्णबहादुर थापाका अनुसार सेटिङ भएको सहजै भन्न सकिन्छ । टि-ब्रेकको समयमा खाती कामूको च्याम्बरमा छिर्नु र लगत्तै खातीकै पक्षमा फैसला आउनु यसको तथ्य यहि भएको उनको ठहर छ ।
खम्क खातीले बुढीगंगा नगरपालिकाको निर्वाचनकै दिन मतदान रद्द गर्न नसकेपछि मतदान केन्द्रबाट प्रहरी फिर्ता गराउनेदेखि पुनः मतदानको लागि जिल्ला सुरक्षा समितिलाई दबाब दिएको र पदीय दुरुपयोग गरेको प्रतिवेदन निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले नै दिएको थियो ।
आयोगको टोलीले मतगणना गर्न सुझाव दिए पनि खातीमार्फत सरकारको दबाबमा आयोगले पुनः मतदानको निर्णय गरेको आरोप छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा अदालतलाई समेत खातीले प्रभावित पारेको आरोप रिट निवेदकको छ । मुख्य निर्वाचन अधिकृतले बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदानको मिति तोकिसकेका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











