मन्त्री कार्कीले प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिए: अध्यक्ष विष्ट
विराटनगर । प्रेस चौतारी प्रदेश १ ले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रेस स्वतन्त्रता विरोधि अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
चौतारीका प्रदेश १ अध्यक्ष अविजाल विष्टले एक विज्ञप्ति जारी गर्दै संविधानमै लोकतन्त्र र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी भइसकेको अवस्थामा आफू अनुकुलको समाचार न आउदा मन्त्रीले दिएको अभिव्यतिले गम्भीर ध्यानाकर्षण गराएको जनाएका छन् ।
`समाचार लेख्ने पत्रकारले बलात्कार गर्यो भनेर समाचार आए उसले खण्डन गर्न सक्छ ?’ भन्दै मन्त्री कार्कीले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै चौतारीले विज्ञप्ति जारी गरेको हो ।
यस्तै, चौतारीले मन्त्री कार्कीलाई क्षमायाचना गर्न समेत माग गरिएको छ ।
`विराटनगर महानगरपालिका-१२ मा निर्माणाधीन स्कम्वासी बस्ती निर्माणका लागि रकमान्तर गरी असार १६ गते मन्त्री कार्कीले बजेट ल्याई महानगर पालिकालाई सम्झौता गर्न दबाब दिएको तथा अन्तिम समयमा आएर सम्झौता गरी हरहिसाब फरफरका गर्न नसक्ने भन्दै महानगरले सम्झौता नगरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । उक्त समाचारको खण्डन गर्ने नाममा मन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बलात्कार गर्यो भन्ने आरोपमा समाचार लेख्न उत्प्रेरित गर्नु दुःखदायी र खेदजनक छ´, विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












