भाटभटेनीको दसैंतिहार अफर, विभिन्न सामानमा १० देखि ३०% सम्म छुट
काठमाडाैं । स्वदेशमा सबैभन्दा बढी २३ वटा आउटलेट भएको भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ।
भाटभटेनीले बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो। भटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार सुपर स्टोरले विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना ल्याएको छ। ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत छ।
भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ वटा स्टोरमा चिनी ६९ रुपैयाँमा बेच्ने घोषणा गरेको छ। भारतीय बजारमा चिनी ६५ रुपैयाँ किलो पर्छ । सीमा क्षेत्रका विराटनगर, इटहरी, नेपालगञ्ज, भैरहवा, धनगढी, हेटौंडा र बुटवलका स्टोरमा भाटभटेनीले चिनीको मूल्य प्रतिकिलो ६९ कायम गरेको हो।
यसअघि भाटभटेनीका ती स्टोरमा चिनी ८० रुपैयाँ थियो। काठमाडौंमा भने चिनी किलोको ८४ रुपैयाँ कायम गरिएको छ। यसअघि काठमाडौंको भाटभटेनी स्टोरमा चिनी किलोको ९४ रुपैयाँ थियो। दसैंका बेलामा उपभोक्ताले सबैभन्दा बढी खरिद गर्ने कुकरमा १५ प्रतिशत छुट राखिएको छ।
ग्रोसरीतर्फ केलोक्स कम्पनीको ओट्स र कर्नफ्लेक्समा ३० प्रतिशत छुट छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन र स्याम्पुमा १० प्रतिशत छुट छ। आरएस कम्पनीको २ लिटरको ओलिभ आयल खरीद गर्दा अर्को २ लिटर सित्तैँमा पाइने अफर छ।
स्टोरले सबै प्रकारका गार्मेन्ट, सारी र कुर्तामा १०, फुटवेयरमा १० र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर ल्याएको छ।इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिनलगायतका सामानमा ३० प्रतिशतसम्म छुट छ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












