कांग्रेस उम्मेदवारले निषेधित क्षेत्रमा हेलिकप्टर उडाएको भन्दै संखुवासभा एमालेको आपत्ति
सङ्खुवासभा ।सङ्खुवासभामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेद्वारको सेटिङमा हेलिकप्टरमार्फत भोटखोला र मकालु गाउँपालिकामा भोट मागेको भन्दै नेकपा एमाले जिल्ला कमिटीले त्यसको बिरोधमा प्रेस विज्ञप्ती जारी गरेको छ । एमालेका जिल्ला कमिटी सचिब खड्ग राईले हस्ताक्षर गरेर विज्ञप्ती जारी बिरोध गरेका हुन् ।
जिल्लाका निषेधित क्षेत्रमा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी नेपाल सरकार शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको चलानी नं.७२७ को पत्र मार्फत मिति २०७९ कात्तिक १९ गते निषेधित क्षेत्रमा उडान अनुमति लिएर नेताहरु जिल्लाको दुइ वटा पालिकामा भोट माग्दै हिडेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उमेद्वार राजेन्द्र गौतमले बताए ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको अनुरोधमा तीनकुने काठमाण्डौमा रहेको श्री हेलि एभरेष्ट प्रा।लि।लाई पत्र लेखि मिति २०७९ कात्तिक २० गते सङ्खुवासभाको खाँदबारी, किमाथाङ्का र हटियामा मौसम प्रतिकूल भए ७२ घण्टासम्म उडान गर्न सक्ने अनुमति प्रदान गरेपछि चुनावमा हेलिकप्टर प्रयोग भएको गौतमले बताए । गौतमका अनुसार हेलिकप्टरले कात्तिक २० गते भोट खोला गाउँपालिकाको किमाथाङ्का, लिङ्गम, हटियामा उडान भरेर राती बास बस्न मकालु गाउँपालिकाको माङ्सिमामा अवतरण गरेको सूचना प्राप्त भएको छ ।
उडान भर्नेहरुले किमाथाङ्कामा बिरामी लिन हेलिकप्टर झिकाएको बताएपनि त्यो बहानामा चुनाव प्रचार गर्न उमेद्वार सहितको टोली सवार रहेको वताइएको छ । एमाले नेता गौतमले प्रमुख निर्वाचन आयुक्त लाई समेत घटनाको जानकारी गराइसकिएको बताएका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











