आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ: मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् ।
‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’
मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।
सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’
आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वहाँ नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर डा. बाबूराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।
गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...











