ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न
ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्तरीय एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको हो । एमालेका कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपानेलगायतले प्रशिक्षण दिएका थिए । एमाले अबका दिन कसरी अगाडि बढ्ने, वर्तमान राजनीतिक घटना क्रममा एमालेका अगुवा कार्यकर्ताले खेल्नुपर्ने भूमिकालगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।
केही समयअघि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने एमालेले निर्णय गरेको थियो ।
‘मिसन ग्रासरुट’ अभियानका क्रममा एमालेका केन्द्रीय सदस्यहरूले स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ। अभियान सञ्चालनअघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
Comments
अरु समाचार
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...
-
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्...
-
तराईमा चिसोले जनजीवन प्रभावित
काठमाडौं । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको...
-
वृद्ध महिलाको हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई...
-
कोशीको आन्तरिक मामिला मन्त्री बन्दै रेवतीरमण भण्डारी
काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले)का...
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक...
-
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन्...
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...