विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता
काठमाडौं । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप-२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ ।
प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रको लागि खेलकूद, राष्ट्रिय एकता, नैतिकता कायम राख्न एवं खेलकुदको माध्यमबाट भाइचारा सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यमा गरी १९ तौल समूह प्रतिस्पर्धा हुने पूर्वाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख सोभित प्रसाइँले बताउनुभयो ।
प्रतियोगितामा रु पाँच लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसमेत व्यवस्था रहेको कराँते महासङ्घ मोरङका अध्यक्ष रुपेश बरालले बताउनुभयो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












