राष्ट्रिय अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्ष २०७९र०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ ।
चालु २०७९र८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रक्षेपण सार्वजनिक गरिएको हो । नेपालीको प्रतिव्यक्ति आयगत आर्थिक वर्षको जस्तै चालु आवमा पनि रु एक लाख ८२ हजार छ सय ८३ अर्थात् एक हजार तीन सय ९९ अमेरिकी डलर र विप्रेषण रु १२ खर्ब ३१ अर्ब ७३ करोड हुने तथ्याङ्क कार्यालयले जनाएको छ ।
चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण रु १३ खर्ब ५६ अर्ब ४६ करोड, अन्तिम उपभोग खर्च रु ५० खर्ब ३६ अर्ब १५ करोड र वस्तु तथा सेवा निर्यात रु तीन खर्ब ८५ अर्ब ११ करोड हुने अनुमान गरिएको छ ।
सो अवसरमा प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलियाले अर्थतन्त्रका विविध पक्षको यथार्थ मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन मूल्याङ्कन गर्न सहयोग पु¥याउने उद्देश्यले कूल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानी जस्ता महत्त्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचक तयार गरी यसअघि जस्तै तथ्याङ्क सार्वजनिक गरेको बताउनुभयो ।
उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीले यसअघि जस्तै चालु आवमा पनि कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहेको बताउँदै चालु आवमा कृषि क्षेत्रको हिस्सा २४ दशमलव १२ प्रतिशत र गैरकृषि क्षेत्रको ७५ दशमलव ८८ प्रतिशत रहेको जानकारी दिनुभयो ।
कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको पाँच दशमलव ३२ प्रतिशत, निर्माण क्षेत्रको पाँच दशमलव ५२ प्रतिशत, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रको १५ दशमलव ३९ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रको छ दशमलव ७९ प्रतिशत, आवास तथा भोजन सेवाको एक दशमलव ९८ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको एक दशमलव ९७ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको सात दशमलव ३७ प्रतिशत र घर जग्गा कारोबारको आठ दशमलव ३७ प्रतिशत रहेको सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












