सिम्रिक एयरलाई ‘हेलिपोर्ट’ निर्माणको गर्न दिएको अनुमति जायज भएको पर्यटन मन्त्रालयको दाबी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्र ‘सिम्रिक एयर’लाई हेलिपोर्ट (हेलिकप्टर उडान तथा अवतरण गर्ने ठाउँ) निर्माण गर्न दिएको अनुमति जायज भएको दाबी गरेको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘हवाइ सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०६६’ अनुसार निर्माणको अनुमति दिइएको न्युज नेपाललाई जानकारी दिनु भयो । निर्माण अनुमति दिनका लागि कुनै कानुनी अप्ठ्यारो नभएको र नीतिगत निर्णयका आधारमा नै दिइएको सचिव अधिकारीको दाबी छ ।
सिम्रिकलाई दिइएको अनुमति एक पक्षीय नभएको, गृहमन्त्रालय, रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको साझा सैद्धान्तिक सहमतिबाट मात्रै यस्तो निर्णय गरिएको सचिव अधिकारी दाबी छ । मन्त्रालयले कानुनलाई ख्याल गर्दै उक्त निर्णय गरेको पनि दाबी गरिएको छ । त्रिभुवन विमानस्थलको अनियन्त्रित चाप नियन्त्रण गर्न विभिन्न ठाउँमा हेलिपोर्ट वा हेलिप्याड निर्माण गर्न दिनुपर्नेमा उहाँले जोड दिनु भएको छ । छतमा पनि हेलिकोप्टर अवतरण भइरहेका बेला सिम्रिक एयर कम्पनीले व्यवस्थित किसिमको हेलिप्याड १० करोडसम्म खर्च गरेर बनाउने, हेलिकोप्टर त्यहींँ राख्ने, ट्रेनिङ दिने वातावरण बनाउनेलगायतका विषय सैद्धान्तिक हिसावले ठीक भएको उहाँको दाबी छ ।
सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने निती अँगालेको छ । यस अवस्थामा व्यक्तिले आफ्नै जग्गामा, आफ्नै खर्चमा हेलिपोर्ट बनाउँछु भनेमा त्यसको विरोध गर्नु नपर्ने र हुँदैन भन्ने कुनै कारण पनि नभएको मनत्रालयको दाबी छ । तर आकाशमा उड्दाको अवस्था, प्राविधिकलगायत पक्षचाहिँ ख्याल गर्नुपर्नेमा मन्त्रालय सचेत रहेको छ । सैद्धान्तिक रुपमा हेलिप्याड सञ्चालन गर्न उपयुक्त हुने तर यसलाई अनुमति दिने सन्दर्भमा भने नेपाल नागरिक उड्डयन प्राधिकरणले समग्र पक्षहरु, सुरक्षाको पक्षलगायतलाई विश्लेषण गरेर दिने भन्ने निर्णय गरिएको छ ।सचिव अधिकारी भन्नुहुन्छ, ‘ सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन दिने निर्णय राम्रो हो,जथाभावी हेलिप्याड नबनी एउटा स्टान्डर्डको हेलिप्याड बनोस् भन्ने सरकारको चाहना हो ।’
अर्कातिर हेलिपोर्टमा हेलिकोप्टर राख्न दिँदा त्रिभूवन विमानस्थलको आयकर घट्छ भन्ने कुरा व्यवहारिक नभएको मन्त्रालयको दाबी छ । हेलिपोर्ट सञ्चालन गर्दा जुनसुकै पक्षबाट पनि सरकारलाई राजस्व बुझाउनु पर्ने हुन्छ । सिम्रिक एयरबाहेक अन्य कम्पनी, स्थानीय तहलगायतले हेलिप्याड बनाउन अनुमति मागे दिइने सोचमा मन्त्रालय छ । अहिले सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न मन्त्रालयले दिएको अनुमति अन्तिम नभएको र प्राविधिकलगायत हरेक पक्षको नागरिक प्राधिकरणले अध्ययन गरेपछिको निर्णय भने अनुमति दिने वा नदिने भन्ने अन्तिम हुने जनाइएको छ ।
हेलिपोर्ट निर्माण गर्दा अहिलेसम्म कुनै कम्पनीले पनि पर्यटन मन्त्रालयसम्म आएर अनुमतिका लागि निवेदन दिएको रेकर्ड छैन । वास्तवमा सिम्रिक एयरका सञ्चालक रामेश्वर थापाको कदम पहिलो भएको पनि देखिएको छ ।हेलिप्याड र हेलिपोर्टमा फरक छैन् । दुवैलाई हेलिकोप्टर बस्ने वा उडान गर्ने भनेर बुझिन्छ ।
सरकारले हेलिपोर्ट निर्माण गर्न चाहेको भए टेण्डर आब्हान गर्नुपथ्यो, तर निजी क्षेत्रलाई यी सवै प्रक्रिया पालना गर्नु नपर्ने हुन्छ । सिम्रिकलाई रक्षा मन्त्रालले सञ्चालन गर्न अनुमति नै दिएको छ । यस्तै गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा सर्वदलीय बैठक बस्दा निर्माण गर्दा हुन्छ भन्ने निष्कर्ष निकालिएको छ । यस्तै स्थानीय तहसँग छलफल गर्दा निर्माणका लागि अनुमतिको सुझाव प्राप्त भएको छ । स्थानीय वडा कार्यालय, स्थानीय प्रतिनिधि, स्थानीय बासिन्दाको सुझावको आधारमा पनि हेलिपोर्ट निर्माणमा सैद्धान्तिक सहमति जुटेको जनाइएको छ ।
यही जेठ २६ गते मन्त्रिपरिषद्को निर्णयअनुसार पर्यटन मन्त्री किरातीले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेको इटापु डाँडामा हेलिपोर्ट बनाउन अनुमति दिनु भएको हो । मन्त्री किरातीले मन्त्रीस्तरीय निर्णय भएपछि सिम्रिकलाई हेलिपोर्ट निर्माण गर्न दिएको अनुमतिको सम्बन्धमा केही सञ्चारमाध्यममा टिकाटिप्पणी पनि गरिएका छन् । तर टिकाटिप्पणी भन्दा पनि हेलिपोर्ट निर्माण सम्बन्धमा गहन किसिमले अध्ययन गर्नुपर्नेमा मन्त्रालयका पदाधिकारीको जोड छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर राखिँदा सुरक्षा चुनौती देखिएको र निजी क्षेत्रलाई हेलिप्याड निर्माण गर्न अनुमति दिँदा असुरक्षा घट्न सघाउ पुग्ने मन्त्रालयका अन्य पदािधकारीको पनि निष्कर्ष छ । हेलिप्याड निर्माण गरिपाउँ भन्ने निवेदन परेपछि आवश्यकता महसुस गरेर नै मन्त्रालयले सिम्रिकलाई हेलिपोर्ट बनाउन अनुमति दिएको हो ।
सचिव अधिकारीले निर्णय जायज भएको दाबी गर्दे भन्नु भयो, ‘हेलिपोर्ट भनेको हेलिप्याडजस्तै अलि फरक रूपको मात्रै हो । अहिले छतमा, रिर्सोटमा जहाँ पनि हेलिकप्टर अवतरण गर्ने गरिरहेको अवस्थामा व्यवस्थित रूपमा हेलिपोर्ट बनाउन निजी क्षेत्रलाई अवसर दिन खोजिएको हो ।’ अहिले सिम्रिकले सैद्धान्तिक सहमति मात्रै पाएको र थप अध्ययनबाट आवश्यक देखिए प्राधिकरणले नै अगाडि बढाउन सक्ने मन्त्रालयको भनाइ छ । यस्तै पर्यटन मन्त्रालयका सहसचिव तथा नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले सिम्रिक एयर आफैंले मात्र प्रयोग गर्ने गरी हेलिपोर्ट बनाउन अनुमति दिएको बताउनु भएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












