कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरू
काठमाडाैँ । २०७९ फागुन १७ मा तत्कालिन प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ नामकरणपछि असन्तुष्ट बनेका पहिचान पक्षधर समुहसँग सरकारले वार्ता सुरु गरेको छ ।
सोमबार विहान विराटनगरको बिग होटलमा दुवै पक्षबीचको वार्ता सुरु भएको हो ।
विहान ८ बजेका लागि वार्ताको समय तोकिएपनि आन्दोलनरत पहिचान पक्षधर समुहको टोली ढिलो आइपुग्दा साढे ९ बजेमात्रै वार्ता सुरु भएको जनाइएको छ ।
खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा सरकारी वार्ता समितिमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौला रहेका छन् ।
पहिचान पक्षधर समुहबाट भने युवराज राई, रामभक्त कुरुम्बाङ, गोबिन्द आङ्बुङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक, कुमार लिङ्देन र पदम जवेगु उपस्थित छन् । आन्दोलनरत पक्षहरुको आइतबार विराटनगरमा बसेको बैठकले कोशी प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको थियो ।
नामकरणपछि बढेको असन्तुष्टिका कारण पहिचान पक्षधर समुहले विराटनगरमा उग्र प्रदर्शन गर्दै आएका थिए । सोही क्रममा चैत ५ मा भएको पहिलो प्रदर्शनमा सहभागी भएर फर्किएका पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि संघीय सरकारले बनाएको छानबिन टोलीले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसक्दा पनि लिम्बुको मृत्युको कारण भने अहिलेसम्म सार्वजनिक गरेको छैन । तर उनलाई सरकारले सहिद घोषणा भने गरिसकेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











