ताजा समाचार

संखुवासभा बाढी प्रभावित क्षेत्रमा पुगे सांसद लिंथेप

काठमाडाैं । कोशी प्रदेश सभा सदस्य विदुर कुमार लिन्थेप संखुवासभा बाढी पहिराे प्रभावित क्षेत्रमा पुगेका छन्।
।

प्रदेशसभा सदस्य लिन्थेपले आफ्नो निर्वाचन क्षेत्रका बाढी प्रभावितहरुको अवस्था बुझ्न कोशी सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वोसहितको टोली लिएर हेलिकप्टर मार्फत प्रभावित क्षेत्र संखुवासभा पुगेका हुन ।

शनिबार राती अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाउदा २० जना बेपत्ता १ जनाको मृत्यु भएको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोसहित ७ वटा हाईड्रोमा पूर्णरूपले क्षति पुर्‍याएको छ र सभाखोला लिफ्टिङ खानेपानी आयोजना पुर्णरुप क्षती भएपछी चैनपुरमा खानेपानी समस्या परेको छ ।

पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा पुर्णक्षति पुर्‍याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छ ।

प्रदेश सभा सदस्य लिन्थेपले भनेः कोशी प्रदेश सरकारले बाढीपहिरोबाट मृतकको परिवारलाई तत्काल १ लाख, घाइतेहरुको उपचारको व्यवस्था गरेको र थप राहतको व्यवस्थापनको तीनवटै सरकारसंग सम्मन्वयन भैरहेको र यथाशिघ्र व्यवस्था हुन्छ ।
पहिरोको उच्च जोखिममा रहेका १८ घर परिवारलाई स्थानान्तरण गर्नु पर्ने छ । त्यसका लागी स्थानिय सरकारसंग सम्मन्वयन गरेर व्यवस्थापन हुन्छ ।

वेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यलाई प्रभावकारी बनाउन तिनवटै सुरक्षा निकायलाई निर्देशन गरेको सांसद निंन्थेपले जानकारी दिए ।

साथै  प्रभावित परिवारलाई पुनरस्थापनाको लागी प्रदेश सरकार, केन्द्र सरकारसंग सम्मन्वयन गरेर तत्काल व्यवस्थापन हुने वताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org