नेपाल फर्मास्युटिकल एशोसियसन कोशी प्रदेश कार्यसमिति कोषाध्यक्षमा खड्काको उम्मेद्वारी
काठमाडौँ । नेपाल फर्मास्युटिकल एशोसियसन कोशी प्रदेश कार्यसमितिको कोषाध्यक्ष पदमा संजिव खड्काले उम्मेद्वारी घोषणा गरेका छन्। असार ९ गते नेपाल फर्मास्युटिकल एशोसियसन कोशी प्रदेश कार्यसमितिको प्रथम अधिवेशन विराटनगरमा हुँदैछ। सो अधिवेशनमा खड्काले प्रभु शाहको प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
कोषाध्यक्षका उम्मेद्वार खड्काले सम्पूर्णमा सहयोग र समर्थन गर्न अपिल गरेका छन् । खड्काले भने, ‘कोशी प्रदेशमा ऐतिहासिक प्रथम अधिवेशन गर्दैछौँ । संस्थालाई यतिबेला कुशल व्यवस्थापन गरेर जानु पर्ने भएकाले कोषाध्यक्षमा मेरो उम्मेद्वारी हो ।’
उनले भने, ‘मैले कोषाध्यक्षमा उमेद्वारी घोषणा गर्दैगर्दा सर्वसम्मतको वातावरण बनाएर संस्थालाई व्यक्तिगत २ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको थिएँ । यद्यपि त्यस्तो वातावरण बनेन । म फेरि यो कुरामा जोड दिन चाहान्छु । हामी प्रथम महाधिवेशनमा छौँ,यस संस्थालाई व्यवस्थित ढंगबाट अधि बढाउन चौतर्फीरुपमा आर्थिक व्यवस्थापन आवश्यक छ । त्यसका लागी कोषाध्यक्षमा कुशल व्यवस्थापकको आवश्यक छ त्यसका लागि म योग्य छु भन्ने लाग्छ ।’
खड्काले विभिन्न सामाजिक संस्थाहरुमा रहेर नेतृत्वदायी भूमिका कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । इटहरी उद्योग वाणिज्य संघको उर्जा व्यवस्थापन समिति संयोजक, इटहरी आइडल ग्रुपका पुर्व अध्यक्षलगायत विभिन्न संघसंस्थामा रहेर कूशलतापूर्वक ढंगले भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै प्रभु शाह नेतृत्वको प्यानलबाट उपाध्यक्षमा विश्वनारायण चौधरी,सचिव दिपेन्द्र खड्का , कोषाध्यक्ष संजिव खड्का, खुल्ला सदस्य विजय कार्की, खुल्ला सदस्य रश्मि अधिकारी र महिला सदस्य संगिना कुमारी चौधरीले उम्म्ेद्वारी दिएका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











