विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श संस्थाको समस्या समाधान गर्न आपसी समन्वयमा जोड दिनेछुः इक्यान सचिवका उम्मेद्वार रत्नबहादुर भट्टराई
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नयाँ कार्यसमितिका लागि वर्तमान कार्यकारी सदस्य रत्नबहादुर भट्टराईले सचिव पदका लागि उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
इक्यान कार्यसमितिमा दुई कार्यकाल कार्यकारी सदस्य भई अनुशासन विभाग र आन्तरिक मामिला विभागको प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका भट्टराईले आगामी दिनमा पनि प्रभावकारी रुपमा काम गर्ने सोचका साथमा आसन्न चुनावमा सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
सचिव पदमा आफ्नो स्वभाविक दाबी रहेको भन्दै उहाँले उम्मेदवारी घोषणा गर्नु भएको हो । इक्यानका उद्देश्यहरु पुरा गर्न भरमग्दुर प्रयास गर्न, विद्यार्थी र परामर्श संस्थाबीच कुनै पनि समस्याहरु आएमा समन्वयनकारी भुमिका निर्वाह गरेर समाधानको बाटो खोज्न आफूले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेको उहाँले जनाउनु भएको छ ।
यस्तै आफूले सचिव पदमा विजय हासिल गरेमा इक्यानको मर्यादालाई ख्याल राख्दै काम गर्ने, सवै शैक्षिक परामर्श संस्थाहरुको अधिकतम हितका लागि काम गर्ने, व्यसायीहरुलाई राज्यले हेर्ने नजर परिवर्तन गर्न अधिकतम प्रयास गर्ने, राज्य र व्यवसायीवीच अधिकतम सहजीकरणको भूमिका निर्वाह गर्नेलगायतका प्रतिवद्धता उहाँका रहेका छन् । यस्तै राष्टिय/अन्तराष्ट्रिय कुटनीतिक नियोग र सरकारी संयन्त्रमार्फत समन्वय गरी समग्र व्यवसायको स्तरोन्नतीका लागि समन्वयकारी भूमिका खेल्दै अझ जुझारु भएर लाग्ने सचिवका उम्मेद्वार भट्टराईले प्रतिबद्धता जनाउनु भएको छ ।
आफूले सचिव पद जितेमा समग्र व्यवसायमा व्यवसायिक धर्म पालना गराउनका लागि सम्पूर्ण व्यवसायीहरुलाई आवश्यक मोटिभेशन गर्ने र आवश्यक परेको खण्डमा प्रशिक्षण गर्ने पनि उहाँको प्रतिबद्धता छ । यस्तै समग्र व्यवसायीमा देखिएका चौतर्फी प्रहार तथा चुनौतीहरुलाई सामना र समाधान गर्न पहल गर्ने कामको योजना पनि उहाँले बनाउनु भएको छ ।
यस्तै “नो अब्जेक्शन लेटर” सम्बन्धी सरकार र इक्यानबीच एक किसिमको सम्झौता भईसकेको अवस्था छ । तर पनि विदेश पढ्न चाहेको विद्यार्थीलाई कुनै समस्या भएमा विद्यार्थी र व्यावसायीसँग समन्वयकारीको भूमिका निर्वाह गर्ने सोच पनि भट्टराईले बनाउनु भएको छ । व्यवसायी वा शैक्षिक परामर्श संस्थाको प्रयासमा विद्यार्थींले विदेशमा चाहेको विषय पढ्न पाउनु पर्ने माग भने पुरा भइसकेको वहाँको भनाइ छ ।
सचिव पदमा आफूलाई विजयी गराएमा आफूले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने भट्टराईको भनाई छ । यस्तै इक्यानमा आबद्ध सदस्य संस्थाहरु, विद्यार्थी र अभिभावकको पक्षमा प्रभावकारी समन्वय गर्दै खुलेर काम गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ ।
सचिवका उम्मेद्वार भट्टराई इमान्दार, निडर,व्यवसायिक, पहिले दुई कार्यकाल सम्हालेर काम गरेका, पहिलेको कार्यकालमा अनुशासन तथा आन्तरिक विभागको प्रमुखमा रहेर प्रभावकारी काम गरेको व्यक्तिका रुपमा चिनिनुहुन्छ । यस्तै उहाँ विदेश पढ्न जान चाहनेहरुलाई कुशल शैक्षिक परामर्श दिने व्यवसायी पनि हुनुहुन्छ । यसका अतिरिक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका पदाधिकारी र विश्व विद्यालयसँग पनि राम्रो राम्रो सम्बन्ध राख्नु भएका विश्वसनीय व्यवसायी हुनुहुन्छ ।
इक्यानको चुनावी चहलपहल बढ्दै,शेषराज प्यानलको जित सुनिश्चित
नेपाल शैक्षिक परामर्श संघको आगामी नयाँ नेतृत्वका लागि आजभोलि चुनावी सरगर्मी बढेको छ । असार ३० गते (शनिवार) नयाँ कार्यसमितिका लागि हुने निर्वाचनको सरगर्मी बढेको हो । यतिवेला चुनावी माहोल तातेको छ भने नेताहरु भोट माग्न व्यस्त छन् । कार्यसमितिमा चयन हुन विभिन्न समूह बनाएर नेताहरु चुनावी दौडधुपमा लागेका छन् ।
दुई वर्षे कार्यकाल भएको २१ सदस्यीय कार्यसमितिमा आगामी नयाँ नेतृत्वका लागि शेषराज भट्टराईको प्यानल चुनावी मैदानमा छ । यो समूह इक्यानलाई चलायमान बनााउने र सक्षम नेतृत्व प्रदान गर्ने समूहको रुपमा मतदाताबीच परिचित छ । अध्यक्ष शेषराज भट्टराईको प्यानलबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीतान्जली शर्मासहित तीनजनाले उम्मेद्वारी दिएका छन् । यसैगरी महासचिवमा दिपकराज भुसाल, सचिवमा रत्नबहादुर भट्टराई र भवनाथ हुमागाईले उम्मेद्वारी दिएका छन् भने कोषाध्यक्षमा अशोक कार्की र सहायक कोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेद्वारी दिएका छन् ।
इक्यान वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि समन्वय गर्ने शैक्षिक परामर्श संस्थारुको छाता संगठन हो । विद्यार्थीहरुलाई विदेशमा अध्ययन गर्न चाहानेहरुका लागि सहजीकरण गर्ने, विद्यार्थी र व्यवसायीले समस्या भोग्नु नपरोस् भनेर सरकारसँग समन्वय गर्ने, कुटनीतिक नियोगसँग समस्या समाधानका लागि पहल गर्नेलगायत यस संस्थाका उद्देश्यहरु रहेका छन् ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












