नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजेदेखि खोल्ने सहमति
काठमाडौं । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो।
यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए। ‘झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ। यसले दुवै देशका नागरिकलाई सहज हुनेछ,’ उनले भने।
यसअघि बिहान ७ बजे नाका खुला गर्दा दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो। भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो। यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुंगा सञ्चालन गर्न सकिने सहमति भएको छ।
विपद्को समयमा दुवै देशका सुरक्षा निकाय मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने र महाकाली नदीलाई स्वच्छ राख्न महाकाली नदीमा फोहर नफाल्ने पनि सहमती भएको हो। सीमा क्षेत्रमा हुनसक्ने मानव तस्करी, वन्यजन्तु तस्करी लगायतका गैरकानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने, झुलाघाटस्थित सयौं वर्ष पहिला बनेको झोलुंगे पुलको मर्मतसम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मतसम्भार गर्नेसमेत सहमति भएको प्रजिअ पन्थीले जानकारी दिए।
यसैगरी झुलाघाटमा बन्ने मोटरेबल पुलको डिपिआर बनिसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए। त्यसपछि झुलाघाटमा पाँच सय ५० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि काम अघि बढिसकेको छ। उक्त पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा पनि सहमति भएको प्रजिअ पन्थीले बताए।
यस्तै बैठकमा भारतीय अधिकारीले धारचुलामा पानीको अभाव भएकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो विषयमा केन्द्र सरकारलाई जानकारी गराउने, भारतबाट लागुऔषध र नशालु औषधि नेपालमा बिक्री हुने गरेको गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने, दार्चुलाको व्यासमा बिजुली नभएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने विषयमा समेत छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।
सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका लागि आयोजना गरिएको बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे, सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्त, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर विष्ट, अनुसन्धान कार्यालय बैतडीका प्रमुख अर्चना सिंह, भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रिना जोशीलगायत सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
Comments
अरु समाचार
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...
-
भोलिदेखि आधामात्रै ग्यास भएको सिलिन्डर, मूल्य पनि आधा लिइने
काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा...












