कोसी सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा बहस
काठमाडाैँ । कोसी सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा बहस हुँदै छ ।
गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले) सर्वोच्चमा रिट हालेका थिए ।
एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
सर्वोच्चमा आज दुवै पक्षका वकिलले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् ।
रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सरकार गठन गर्दाको दाबी, दलका तर्फबाट पेस भएको हस्ताक्षरसहितका सक्कल कागजात मगाउन आदेश दिएको थियो । मुख्यमन्त्री थापा, प्रदेश प्रमुख खापुङ र सभामुख गौतमसँग लिखित जवाफसमेत माग भएको थियो ।
तीनै जनाले साउन ४ गतेभित्रै आफ्नो जवाफ पेस गरिसकेका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न आह्वान गरी गठबन्धनले वहुमतसहित दाबी गरेपछि मुख्यमन्त्री नियुक्त गरेका थिए । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न सरकारको नाममा आदेश दिएपछि सरकार काम चलाउ अवस्थामा पुगेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











