विदेशीलाई नागरिकता बेच्ने ‘अखडा झै देखियो काभ्रे प्रशासन, दावामार्फत दर्जनौं विदेशीलाई नेपाली नागरिकता
काभ्रे । विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ ।
प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चारजना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो । दावाले नागरिकता बनाएकै दिन वि।सं। २०७४ पुष २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए ।
उनको नागरिकता नम्बर ११८६५ हो । दावा र पासाङका बाबुको नाम पेमा तामाङ राखिएको छ भने ठेगाना नमोबुद्ध ११ राखिएको छ । यिनै दुई जना दावा र पासाङले कर्मचारीको सेटिङ्गमा अनुसूची गायव बनाएर अभिलेख राखेर नागरिकता लिएका हुन् । प्रहरीको सीआईबीले सुन तस्करकै अनुसन्धानका क्रममा दावासँग सम्बन्ध भएका थप चारजना चिनियाँ नागरिक पक्राउ परेसँगै काभ्रेबाट राहदानी लिएको खुलासा भएको हो । पासाङको राहदानी नम्बर १०७४२५७१ हो । उनको राहदानी २०७४ माघ ११ गते बिहीबार जारी भएको हो ।
चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएको जानकारी दिँदै स्रोतले बतायो–‘राम र सोनामले एकै दिन २०७८ पुष ८ गते काभ्रेबाट राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृहमन्त्रालयको रेकर्डमा भेटिँदैन ।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ । नागरिकता नभएकाले ठेगाना प्रष्ट छैन ।
१२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनामको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्म मिति २०५३ भदौ ७ राखिएको छ । उनीहरू दुवैजनाको नागरिकता र राहदानीको नम्बर सँगै छ । उनीहरू दुवै विदेशी हुन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीहरूले राजनीतिक संरक्षण र दावाको प्रभावमा परी दावासहित चार जना विदेशीलाई नागरिकता दिएर ठुलो अपराध गरेको खुलासा भएको हो । यसअघि आर्थिक प्रभावमा परी दावालगायत अन्य ३ सय ५० जनालाई नागरिकता बिक्री गरिएको खुलासा भएको थियो । त्यस्ता गलत कार्य हुँदै आएको देखिएपछि हाल जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता वितरणमा विशेष सतर्कता र कडाइ गर्न थालेको छ ।
एकपछि अर्को शंकास्पद विवरण भएका नागरिकता फेला पर्न थालेपछि नयाँ र प्रतिलिपिमा कडाइ गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘अनुसूची गायव पारिएका तथा अन्य शंकास्पद नागरिकताका सन्दर्भमा अनुसन्धान गरी कारबाही शुरू गरिएको छ । साउनको एक महिनामा मात्रै झुटा विवरण पेस गरेर नागरिकता बनाउने १६ जनाको नागरिकता रद्द गरी कारबाहीका लागि प्रहरी कार्यालय पठाइएको छ ।’ निमालगायतका केहीको हकमा भने गृह मन्त्रालयले छानबिन गरिरहेकाले निर्णय भएको छैन ।
कर्मचारीहरूकै मिलेमतोमा पछिल्ला दिनमा पनि नागरिकता बिक्री भइरहेको अनुसन्धानबाट खुले पनि अनुसन्धानका लागि कुनै पनि कर्मचारीलाई छानबिनको दायरामा ल्याउन सकेको छैन । ठुलो गिरोहको संलग्नतामा त्यति ठुलो अपराध भएको पुष्टि हुँदासमेत गृह मन्त्रालयले कर्मचारीहरूलाई तत्काल छानबिन तथा कारबाही गर्न पहल नगर्नुले ठुलो आशंका जन्माएको छ ।
दावाको नागरिकता खारेजीमा चरम ढिलाइ
सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताका सन्दर्भमा २०७८ सालदेखि शुरू भएको छानबिन अझै सकिएको छैन । गृह मन्त्रालयले पछिल्लो पटक गठन गरेको छानबिन समितिले पनि अनुसन्धान टुङ्गो लगाउन सकेको छैन ।
दावा भनिने निमाको नागरिकताको अभिलेखमा अनुसूची गायव बनाइएको भए पनि त्यहाँ उल्लेख भएको विवरणमा गिरोहले वडानम्बर ११ को अध्यक्ष नै तत्कालीन समयमा वडानम्बर ४ मा कार्यरत वडा सचिव सरस्वती पण्डित कार्कीको नाम राखेको देखिन्छ । उहाँलाई समेत यो विषयमा कुनै जानकारी छैन । ‘अध्यक्ष हुँदाहुँदै वडा सचिवले नागरिकताका लागि सही गर्न मिल्दै मिल्दैन अझ वडाअध्यक्ष नै बनाएर गरिएको सिफारिस त सरासर झुटो हो’–वडाअध्यक्ष कृष्णबहादुर लामाले भन्नुभयो –‘वडानम्बर ११ मा २०६६ सालदेखि निरन्तर शंकरप्रसाद भट्टराई सचिव हुनुहुन्छ ।’ अर्को वडाको सचिवलाई वडाअध्यक्ष बनाएर अनुसूची भरेको नागरिकता २०७४ पुष २० मा जारी भएको छ । जुन वंशजका आधारमा लिइएको हो ।
बाबु बनेका पेमा तामाङ को हुन् ?
उनको नागरिकताको प्रतिलिपि र फोटोकपीसमेत कतै उपलब्ध छैन । सनाखत गर्ने व्यक्ति निमाका आफन्त हुन् रु वास्तविक पेमा हुन् वा नाम मात्रै हो रु कर्मचारी संलग्नताका बारेमा पनि अनुसन्धान हुन सकेको छैन । तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडा थिए भने अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेका थिए । पासाङ र निमा दुवैको नागरिकतामा खरेलको हस्ताक्षर छ । त्यतिखेर सुब्बा रामचन्द्र अर्याल नागरिकता फाँटका हर्ताकर्ता थिए । अहिले उनी गुर्जुधारास्थित यातायात कार्यालयमा कार्यरत छन् । उनकै अगुवाइमा ३ सय ५० वटा नागरिकता बिक्री भएको खुलासा भइसकेको छ ।
दावाले दिलाएका थिए दर्जनौं व्यक्तिलाई नेपाली नागरिकता
सुन तस्कर प्रकरणका हालसम्मका मुख्य पात्रमध्येका एक तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले आफूजस्तै दर्जनौं व्यक्तिलाई नेपाली नागरिकता र राहदानी दिलाएको खुलासा भएको छ । उनी १७ वर्षअघि पनि नेपालमा पक्राउ परेको तथ्य पनि फेला परेको छ । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयको अभिलेखमा दावा वि।सं। २०६३ मंसिर २४ गते बौद्धबाट पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो । त्यतिबेला तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएका दावालाई के–कस्तो सजाय भयो भन्ने विस्तृत अभिलेख फेला परेको छैन ।
त्यसपछि उनी दोस्रोपटक वि।सं। २०७६ मा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोपमा पक्राउ परेका थिए । त्यसबेला उनीसहित १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो । तर, लामो समयदेखि नेपालमै रहेका दावाले अन्य चिनियाँ अपराधीहरूलाई पनि सहयोग गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । दोस्रो पटक पक्राउ पर्नु अगाडि नै उनले काभ्रेबाट वि।सं। २०७४ मा नेपाली नागरिकता र राहदानी किर्ते कागजात पेस गरेर लिएका थिए । त्यसमा उनलाई कारबाही गरिएको थिएन । वि।सं। २०७८ मा नै उनको नागरिकता किर्ते भएको सरकारी अनुसन्धानले नै देखाएको भए तापनि अहिलेसम्म उनको नागरिकता रद्द भएको छैन ।
गत साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरेको करिब एक क्विन्टल सुन प्रकरणमा दावाको पनि संलग्नता देखिए पछि उनलाई ठमेलको होटल भियनाबाट पक्राउ गरिएको थियो । अहिले उनीमाथि अनुसन्धान जारी छ । उनको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन र पत्नी ओनसरी घर्ती लगायतसँग सम्वन्ध देखिएको छ । यद्यपि, माओवादी नेताहरूले दावाले रोल्पाकी अमलासँग विवाह गरेको र त्यही कारण मात्र भेटघाट भएको प्रष्टीकरण दिएको छ । अहिले दावासँगै अन्य नागरिक पक्राउ पर्ने क्रम जारी भए पनि नागरिकता बिक्री गर्ने गिरोहका बारेमा भने प्रहरीले अनुसन्धान गरेको छैन । -स्रोत नेपाल समाचारपत्र
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











