ताजा समाचार

रुकुम पश्चिममा दुई जनाको शव फेला

१ भदौ, काठमाण्डौं। रुकुम पश्चिम जिल्लाका  दुई स्थानमा दुई जनाको शव फेला परेको छ ।

मृत भेटिनेमा मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपाली र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक एवम् कार्यलय सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org