ताजा समाचार

धादिङमा बस दुर्घटनामा परि २६ जना घाइते

२ भदौ, काठमाण्डौं । धादिङको बेनिघाटमा आज बिहान दाङको तुलसीपुर बाट काठमाण्डौं आउदै गरेको बस दुर्घटना भएको छ ।
बस धादिङको बेनिघाट स्थित रोरङ गाउपालिका– ९ मा दुर्घटना भएको हो । दुर्घटनामा परि २६ जान यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते भएका मध्ये गभिर घाइते पाँच जनालाई उपचारका लागि काठमाण्डौ लगिएको र सामन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पतालमा उपचार भइरहेको धादिङका प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैसवालले जानकारी दिएका छन् ।
बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब ५बजे पृथ्वी राजमागको दाहिने किनारातर्फ दुर्घटना ग्रस्त भएको थियो ।

धादिङका प्रहरी नायब उपरीक्षक जैसवालका अनुसार घाइते हुनेमा सल्यान सबेश्वरी ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर रहेको छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले घाइतेको तत्कालै उद्धार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org