ताजा समाचार

पानीको सतह बढेसँगैः सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए

काठमाडौं । सप्तकोशी नदीको ब्यारेजका सबै ढोका खोलिएको छ ।
लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको सतह बढे पछि ५६ वटै ढोका खोलिएको छ ।

सात बजेको अपडेट अनुसार पानीको सतह बढेसँगै ५६ वटै ढोका खोलिएको हो , एक कर्मचरीले भने, पूर्वपश्चिम नहर भने बन्द गरिएको छ ।

साढे ९ लाख क्यूसेक पानी बहने क्षमता भए पनी ब्यारेजमा अहिले तीन लाख ८० हजार ८१५ क्यूसेक पानी बगिरहेको बताइएको छ। एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुट्दा नेपाल भारत दुवैतर्फ उच्च सर्तकता अपनाउन थालिएको छ ।
अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरूले विशेष सतर्कता अपनाउन थालेका छन्। पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org