दुबुङलाई ‘मितेरी गाउँ’ बनाउँदै आदिकवि क्याम्पस
काठमाडाैँ । तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका–३ को दुबुङगाउँलाई मितेरी गाउँका रूपमा विकास गर्ने भएको छ।
क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा छनोट गरेको हो।
क्याम्पसको सोमबार आयोजित ३७औँ वार्षिकोत्सवका अवसरमा उक्त गाउँसँग मितेरी गाउँका रूपमा सम्झौता गरी प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऋषिङ–३ का वडाध्यक्ष भीमबहादुर थापा, दुबुङ टोल विकास संस्थाका अध्यक्ष लालबहादुर थापा र आमा समूहकी अध्यक्ष भीमकुमारी थापालाई उक्त प्रमाणपत्र प्रदान गरे।
क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला, संस्कृति र खाद्यवस्तुको संरक्षणमा पनि जोड दिँदै आएको छ।
मितेरी गाउँ छनोट उपसमितिका संयोजक हरिसिंह गुरुङले क्याम्पसको छविलाई अझ विश्वसनीय बनाउँदै गाउँलाई एक आकर्षक एवं सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेकोे जानकारी दिए।
सोही अवधारणाअनुसार जिल्लाभरिका २५ विभिन्न गाउँ प्रस्तावित भएकामध्ये ऋषिङ–३ दुबुङ, भानु नगरपालिका–१३ टुटेपानी र व्यास नगरपालिका–१४ रुम्सी स्थलगत अध्ययनका लागि छानिएका थिए।
त्यसमध्ये ती गाउँका वर्तमान सामाजिक विकासका पूर्वाधारको अवस्था, स्थानीय सरकारको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनका आधारलाई मुख्य मानकका रूपमा निर्धारण गरी दुबुङलाई छनोट गरिएको उनको भनाइ छ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, पर्यटन नीति २०६५ र आदिकवि भानुभक्त क्याम्पसको विधान, २०४९ (संशोधित २०७९) लाई आधार मानी आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ छनोट गरेको बताइएको छ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विसं २०४३ मा स्थापित क्याम्पसले गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेको जानकारी दिए।
गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधार, स्थानीय निकायको संलग्नता, पर्यटन विकाससम्बन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा मितेरी गाउँ छनोट गरिएको उनको भनाइ छ।
मितेरी गाउँ छनोट भएको गाउँमा दिगो पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी काम गरिनेछन्।
उक्त गाउँमा जीवन्त पुर्ख्यौली पेसा र सीपको संरक्षण साथै अतिथि सत्कार तथा खाना बनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ प्रदर्शनका सीप, जलविहार गाइड, फोहर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक सचेतना, एचआइभी एड्स, गोबरग्यास तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाका आधारभूत स्वास्थ्य समस्या समाधानको क्षेत्रमा सहकार्य गरिने जनाइएको छ।
त्यस्तै पदयात्रा र पर्या–पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवर्द्धन, वातावरणीय सचेतना, साधारण अङ्ग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्बन्धी अन्तक्र्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय र सहकार्य हुनेछ।
त्यसैगरी मितेरी गाउँको विषयगत ‘प्रोफाइल’ निर्माण, पर्यटन सेवाको विविधिकरण, सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधारको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध मिलाइने छ।
साथै कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह्रै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्ग, आफूले छनोट गरेको र तिरेको रकमअनुसारको आवास तथा यातायातको गुणस्तर सुनिश्चिता गरिने छ।
पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्बन्धित पक्षसमक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गरिने जनाइएकोछ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












