तीज महोत्सवमा भलिबल प्रतियोगिता
काठमाडौं । पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ नारासहित सो महोत्सव गर्न लागिएको हो । भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहने समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिनुभयो ।
महिलातर्फ एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवल तथा पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब बुटवल, एपिएफ क्लब, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र रु ५० हजार एक सय ११ प्राप्त गर्नेछन् । अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता र अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवका आकर्षण हुन् ।
तीज गीत प्रतियोगितामा प्रथमलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तृतीयलाई रु २० हजार र सान्त्वनालाई रु १० हजार तथा अन्तरविद्यालयस्तरीय लोक नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ४० हजार, रु २५ हजार रु १५ हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । भलिबल हेर्न चार हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












