पोखरा महानगर मेयर आचार्य र एडीबीका कार्यकारी निर्देशक सुलेमानबीच भेट
काठमाडाैँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा एडीबीको सहयोगमा सञ्चालित शहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ। हाल एडीबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ। यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुने छ।
पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तरगत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुने छ। पञ्चासे१०० भन्दा बढी प्रजातिका ‘अर्किड’ र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो।
एडीबीकै सहयोगमा ‘लेक टु लेक साइकल ट्र्याक’ र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ। परियोजना अनुसार नौ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो ‘साइकल ट्र्याक’ निर्माण हुने छ। फेवाताल सुधार परियोजना अन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्याण्डहरूको निर्माण गरिने छ। यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुने छ।
रानीवन ‘इको ट्रेल’ र फेवाताल सुधार परियोजना अन्तरगत ‘ड्याम साइड’बाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ। ‘इको रुट’ मा विश्राम स्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधाहरू समावेश हुनेछन्। यसमा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछन्।
शान्ति वन बाटिका ‘बोटानिकल गार्डेन’ निर्माण हुने छ। परियोजना अन्तरगत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने छ। जहाँ जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउण्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायत निर्माण हुने छ।
अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ। महानगरपालिका–२, ३ र ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरहरूको संरक्षणका लागि यो परियोजना लागु गरिने छ। रामकृष्ण टोललाई ‘पोखरा हेरिटेज साइट’ का रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गरिने छ। यसले पुरानो पोखराको शहरी पुनरुत्थान सहित सिद्दार्थचोकदेखि विन्ध्यवासिनीसम्म डेढ किलोमिटर सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्ने छ। यसका लागि एडीबीले १.९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ। यस परियोजनाको लागि डीएससीएस खरिदको लागि ‘टीओआर’ को तयारी भइरहेको छ। यसमा दुई मिलियन अमेरिकी डलर खर्च हुने छ। यस्तै साबिक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा महनगरस्तरिय विपद् व्यवस्थापन केन्द्र स्थापना गरिने छ। विपद् व्यवस्थापन परियोजना अन्तरगत एडीबीको सहयोगमा विपद्का बेला राहत तथा उद्धारमा क्रियाशील हुने गरी महानगर स्तरीय विपद् व्यवस्थापन केन्द्र स्थापना हुने छ। यसका लागि एक मिलियन अमेरिकी डलर खर्च हुने छ।
पोखरा प्रवेश पार्क समेत पोखरा ३२ मा निर्माण गरिने छ। यसका लागि एडीबीले पाँच मिलियन अमेरिकी डलर खर्च गर्नेछ। पोखरा प्रवेश गर्ने बित्तिकै हुने पर्यटकीय गतिविधि चलायमान बनाउनयो पार्क उपयोगी हुनेछ। पोखराको चिनारीका रूपमा यसको विकास गरिनेछ। पोखरा प्रवेश गर्नासाथ पार्क परिसरमा अवलोकनका लागि पर्यटन पूर्वाधार समेत निर्माण गरिने छ। यी लगायतका परियोजनाहरूका विषयमा एडीबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो। सो क्रममा प्रमुख आचार्यले परियोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।
टोलीमा एडीबीका कार्यकारी निर्देशक सुलेमानसहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान, निर्देशन सल्लाहकार भीमकान्त न्यौपाने र शहरी विकासविज्ञ शिव पौडेल रहेका थिए। यस्तै पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य सहित प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण थापा, वित्त महाशाखा प्रमुख जयराम पौडेल र परियोजना व्यवस्थापक अल्का प्रजापति, महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सूचना प्रविधि अधिकृत सुवास ढुंगाना लगायतको सहभागिता थियो। परियोजनामा एडीबीले ७५ प्रतिशत र २५ प्रतिशत नगर विकास कोष (टिडिएफ) र पोखरा महानगरपालिकाले सयुक्त रूपमा लगानी गर्नेछन्।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












