पूर्वसर्त पूरा नभएसम्म चिकित्सकहरुले आन्दोलन जारी राख्ने
काठमाडौं । गृह मन्त्रालयले बोलाएको वार्तामा आन्दोलनरत आवासीय चिकित्सक नजाने भएका छन् । आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्तामा नबस्ने उनीहरूले अडानका साथ आन्दोलन र विरोधको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
चिकित्सकहरुले पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ गर्नुपर्ने पूर्वसर्त राखेका छन्।
“गृह मन्त्रालयसँग हामी निरन्तर संवादमा छौँ, गृहमन्त्री आफैँ वार्तामा बस्ने भनिएको छ, तर हामीलाई कुटपिट गर्ने व्यक्ति खुलेआम हिँडिरहेका छन् कसरी वार्तामा बस्ने ?” आवासीय चिकित्सक संघर्ष समितिका सहसंयोजक डा.अरुण उप्रेतीले भने ।
गृह मन्त्रालयले भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका दोषीलाई कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउदै आन्दोलनरत चिकित्सकहरुलाई वार्तामा बोलाएको छ । मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आग्रह गर्दै आएको छ ।
अस्पतालमा गुण्डागर्दी हट्नुपर्ने, चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, भौतिक आक्रमणमा उत्रिनेमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९’ अनुसार कारबाही हुनुपर्ने भन्दै आवासीय चिकित्सक विगत तीन दिनदेखि आन्दोलनमा छन् ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











