ताजा समाचार

आपराधिक विश्वासघातमा पक्राउ परेका केसी अस्पतालमा भर्ना

काठमाडौं । आपराधिक विश्वासघातको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको जानकारी उनी निकट एक फिल्म निर्माताले दिएका हुन् । शुक्रबार बेलुका भक्तपुरको साँगामा पक्राउ गरेर प्रहरीले अपराध महाशाखा बानेश्वरमा राखेको थियो ।

त्यहाँ उनलाई भेट्न उनी निकट फिल्मकर्मी तथा निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए । सरोज आगामी फिल्म ‘जेरी अनटप’का निर्माता हुन् ।

अपराध महाशाखा पुगेका न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।

केसीले ‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org