ताजा समाचार

असोज २२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने

काठमाडौं । दसैं–तिहार तथा छठ पर्वका लागि आगामी असोज २२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने भाएको छ । आज(शुक्रबार) यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

‘आज बसेको पहिलो बैठकले अग्रिम टिकट बुकिङ खुल्लाको निर्णय गरेको छ । थप यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः सरोकारवाला निकायहरुसँग अहिले बैठक बस्दैछौं’ बैठकमा सहभागी एक अधिकारीले भने ।

अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन् । सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org