इजरायलमा सम्पर्कविहीन तथा घाईते भएकाको शीघ्र खोज तथा उद्धार गरियोस् : कोशी प्रदेशसभा सदस्य लिंथेप
संखुवासभा । कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिंथेपले इजरायलमा सम्पर्कविहीन तथा घाईते भएका विद्यार्थीहरूको शिघ्र खोज तथा उद्धार गर्न आग्रह गरेका छन्। लियेपले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै इजरायलमा युद्धको चपेटामा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उनले आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य लिंथेपले नेपाल फर्कन इच्छुक नेपाली र निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि नेपाल सरकार र इजरायलस्थित नेपाली राजदुतावासलाई आग्रह पनि गरेका छन् । संखुवासभा जिल्लाबासी कोही इजरायलमा समस्यामा परेका भए तत्काल सम्पर्कमा आउन पनि उनले भनेका छन् ।
दक्षिण इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट दिवंगत भएका नेपालीप्रति प्रदेशसभा सदस्यले लिंथेपले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै उनले शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यस्ता अमानवीय घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित देशहरु र अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रलाई पनि प्रदेशसभा सदस्य लिंथेपलेआग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











