कोशीमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहमा: अख्तियार प्रतिवेदन
विराटनगर । कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पेश गरेको ३३ औँ प्रतिवेदनमा यस्तो विवरण उल्लेख गरिएको हो ।
‘गत आर्थिक वर्षमा उजुरी दिएका निवेदनहरुमध्ये सबैभन्दा बढी स्थानीय तहका रहेका छन्,’ न्यौपानेले भने । ०७९\८० मा सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय, सुनसरीबाट ५०२, मोरङबाट ३८०, झापाबाट २१५, उदयपुरबाट १५७ रहेको छ । सबैभन्दा कम उजुरी भने तेह्रथुम जिल्लाबाट ४३ वटा परेको न्यौपानेको भनाइ छ ।
अख्तियारका अनुसार गतवर्ष झापा, मोरङ र सप्तरीका ५ वटा कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएर विशेष अदालतमा आरोपत्र दायर गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९/८० मा आयोगमा २० हजार ९०५ वटा उजुरी परेको थियो । जसमध्ये १८ हजार ७९९ उजुरी फर्छ्यौट भएको आयोग इटहरी कार्यालयका प्रमुख न्यौपानले जानकारी दिए । यो ६६.९८ प्रतिशत हो । आयोगले आर्थिक वर्ष ०७९/८० मा प्रारम्भिक छानबिनतर्फ जम्मा २४०७ उजुरी रहेकोमा सोमध्ये १६६४ फर्छ्यौट भई ६९.१३ प्रतिशत प्रगति हासिल भएको न्यौपानेले जनाए ।
जसमध्ये १५५ वटा उजुरीमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरीमाथि सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाएको छ । गत आर्थिक वर्षमा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरु चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यक्षेत्र भित्र ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले अधिकार प्रत्यायोजन गरेको छ । आयोगको कार्यक्षेत्र भने कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु र ओखलढुंगा बाहेकका ११ जिल्ला र मधेस प्रदेशको सप्तरी जिल्ला रहेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











