नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश
काठमाडौं । विश्वकप २०२६ को एसिया छनोटको नेपालले (१–०) गोलले लाओसलाई पराजित गर्दै फिफा दोस्रो चरणमा प्रवेश गरेको छ ।
लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १—० ले पराजित गर्दा नेपालका मनिस डाँगीले दोस्रो हाफमा गरेको गोल नै निर्णयक बनको थियो । उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।
अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।
त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए ।
खेलमा पहिलो अट्याकले लाओसले गरेको थियो । १८औं मिनेटमा लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए ।
२२औं मिनेटमा नेपाल गोलको नजिक पुगेको थियो । तर उत्सव राईले एरिक विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो ।
३९औं मिनेटमा लाओसका चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।
४८औं मिनेटमा मनिष डाँगीले सनिश श्रेष्ठको पासमा पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल थोरैले पोष्ट भन्दा बाहिर गएको थियो ।
६५औं मिनेटमा मनिष डाँगीले करिब २५ यार्डबाट हानेको लामो प्रहार लाओसका गोलकिपरले बचाएका थिए ।
७२औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीले अग्रता दोब्बर पार्ने अवसर गुमाए । उनले नजिकैबाट प्रहार गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।
नेपालका कप्तान किरणले इन्जुरी टाइममा लाओसका काएडाभोन सौभानीको हेडर उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए । यसै खेलबाट डिफेण्डर अमृत श्रेष्ठले नेपालका लागि डेब्यु गरेका छन् ।
पहिलो पटक सिनियर टिममा स्थान बनाएका अमृत इन्जुरी टाइममा फरवार्ड जिलेस्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । दोस्रो चरणमा ६ खेल खेल्ने अवसर पहिलो चरण पार गरेपछि नेपाली फुटबल टोलीले अब विश्वकप छनोटको दोस्रो चरणमा ६ खेल खेल्न पाउनेछ ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












