पाकिस्तानी टिमका प्रमुख छनोटकर्ताले दिए पदबाट राजिनामा,पाँच महिनादेखि खेलाडी तलब विहिन
काठमाडौं । पाकिस्तानका प्रमुख छनोटकर्ता इन्जामाम उल–हकले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन् । भारतमा चलिरहेको एकदिवसिय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनबीच उनीमाथि स्वार्थ बाझिएको कामको आरोप लागेको थियो । उनिमाथि त्यस्तो कम्पनीमा आबद्ध रहेको आरोप छ,जसले केही पाकिस्तानी खेलाडीको बजार व्यवस्थापन गर्छ ।
पूर्व राष्ट्रिय खेलाडी इन्जमामले पाकिस्तानी क्रिकेट बोर्ड(पीजीबी)ले यस सम्बन्धमा अनुसन्धान गरे आफू त्यसलाई सामाना गर्न तयार रहेको बताए । म निकै दु:खी छु । म माथि स्वार्थ बाझिएको काम गरेको आरोप छ । म सबै खाले अनुसन्धानको सामना गर्न तयार छु । पाकिस्तानी मिडियाले इन्जमाम आबद्ध त्यस कम्पनीले खेलाडी छनोट प्रक्रिया प्रभावित गरिरहेको आरोप लगाएको छ ।
पाकिस्तानले यसपल्टको विश्वकपमा खेलेका ६ खेलमध्ये चारमा हार बेहोरेको छ । टोली प्रतियोगिताबाट बाहिरिने संघारमा छ । पाकिस्तानले मंगलबार कोलकाता हुने खेलमा बंगलादेशको सामना गर्नेछ । पाकिस्तानलाई कुनै प्रकारको सम्भावना कायम राख्न बाँकी तीन खेल जितेरमात्र पुग्दैन, अन्य खेलका नतिजा पनि आफूअनुकुल हुनुपर्नेछ ।
सन् १९९२ देखि २००७ बीचको खेल जीवनमा इन्जमामले १ सय २० टेस्ट, ३ सय ६८ एकदिवसियर एक ट्वान्टी–२० खेल खेलेका छन् । सन्१९९२ मा पाकिस्तानले एकदिवसीय विश्वकप जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । सन् २००७ को विश्वकपमा पाकिस्तान पहिलो चरणबाटै बाहिरिएपछि उनको खेलजीवन पनि टुंगिएको थियो ।
त्यस्तै पाकिस्तानी क्रिकेट टिमका प्रशिक्षक ग्रान्ट ब्राडबर्नले आफ्ना खेलाडीले पछिल्लो ५ महिनादेखि तलब नपाएको बताउँदै यसका बावजुत पनि टिम विश्वकपका बाँकी खेलमा उच्च प्रर्दशन गर्न प्ररित रहेको दाबि गरेका छन् । पाकिस्तानका तीन खेलाडीले पनि आफूले तलब नपाएको स्वीकारेका छन् । प्रशिक्षक ब्राडबर्नले भने,”पाकिस्तानी टिमसँग आबद्ध हुन पाउनु पनि ठूलो हो ।”” हामी अहिले राम्रो प्रर्दशनका लागि आफूलाई केन्दीत गरिरहेका छौ, किनभने यो हाम्रो हातमा छ ।” हामी पाकिस्तानी जनता खुसि हुने खेल खेल्न चाहन्छौं । न्युजिल्यान्डका पूर्वअलराउन्डर ब्राडबर्नले पाकिस्तानी टिम अहिले त्यस्तो स्थिति रहेको जुन अपेक्षित नरहेको पनि बताए ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











