पाकिस्तानी टिमका प्रमुख छनोटकर्ताले दिए पदबाट राजिनामा,पाँच महिनादेखि खेलाडी तलब विहिन
काठमाडौं । पाकिस्तानका प्रमुख छनोटकर्ता इन्जामाम उल–हकले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन् । भारतमा चलिरहेको एकदिवसिय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनबीच उनीमाथि स्वार्थ बाझिएको कामको आरोप लागेको थियो । उनिमाथि त्यस्तो कम्पनीमा आबद्ध रहेको आरोप छ,जसले केही पाकिस्तानी खेलाडीको बजार व्यवस्थापन गर्छ ।
पूर्व राष्ट्रिय खेलाडी इन्जमामले पाकिस्तानी क्रिकेट बोर्ड(पीजीबी)ले यस सम्बन्धमा अनुसन्धान गरे आफू त्यसलाई सामाना गर्न तयार रहेको बताए । म निकै दु:खी छु । म माथि स्वार्थ बाझिएको काम गरेको आरोप छ । म सबै खाले अनुसन्धानको सामना गर्न तयार छु । पाकिस्तानी मिडियाले इन्जमाम आबद्ध त्यस कम्पनीले खेलाडी छनोट प्रक्रिया प्रभावित गरिरहेको आरोप लगाएको छ ।
पाकिस्तानले यसपल्टको विश्वकपमा खेलेका ६ खेलमध्ये चारमा हार बेहोरेको छ । टोली प्रतियोगिताबाट बाहिरिने संघारमा छ । पाकिस्तानले मंगलबार कोलकाता हुने खेलमा बंगलादेशको सामना गर्नेछ । पाकिस्तानलाई कुनै प्रकारको सम्भावना कायम राख्न बाँकी तीन खेल जितेरमात्र पुग्दैन, अन्य खेलका नतिजा पनि आफूअनुकुल हुनुपर्नेछ ।
सन् १९९२ देखि २००७ बीचको खेल जीवनमा इन्जमामले १ सय २० टेस्ट, ३ सय ६८ एकदिवसियर एक ट्वान्टी–२० खेल खेलेका छन् । सन्१९९२ मा पाकिस्तानले एकदिवसीय विश्वकप जित्दा उनी टोलीका प्रमुख सदस्य थिए । सन् २००७ को विश्वकपमा पाकिस्तान पहिलो चरणबाटै बाहिरिएपछि उनको खेलजीवन पनि टुंगिएको थियो ।
त्यस्तै पाकिस्तानी क्रिकेट टिमका प्रशिक्षक ग्रान्ट ब्राडबर्नले आफ्ना खेलाडीले पछिल्लो ५ महिनादेखि तलब नपाएको बताउँदै यसका बावजुत पनि टिम विश्वकपका बाँकी खेलमा उच्च प्रर्दशन गर्न प्ररित रहेको दाबि गरेका छन् । पाकिस्तानका तीन खेलाडीले पनि आफूले तलब नपाएको स्वीकारेका छन् । प्रशिक्षक ब्राडबर्नले भने,”पाकिस्तानी टिमसँग आबद्ध हुन पाउनु पनि ठूलो हो ।”” हामी अहिले राम्रो प्रर्दशनका लागि आफूलाई केन्दीत गरिरहेका छौ, किनभने यो हाम्रो हातमा छ ।” हामी पाकिस्तानी जनता खुसि हुने खेल खेल्न चाहन्छौं । न्युजिल्यान्डका पूर्वअलराउन्डर ब्राडबर्नले पाकिस्तानी टिम अहिले त्यस्तो स्थिति रहेको जुन अपेक्षित नरहेको पनि बताए ।
Comments
अरु समाचार
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











