भुक्तानी नहुँदा सडक निर्माण ठप्प
काठमाडौं । पाँच महिनामा रु ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण व्यवसायीको अडान रहे पनि उक्त सडकको काम छ महिनादेखि ठप्प छ ।
अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्र्दभमा यहाँको एक सडक भने सडक डिभिजन कार्यालयले भुक्तानी दिन नसक्दा छ महिनादेखि ठप्प भएको हो । भुक्तानी नपाउँदा ठेकेदारले काम गर्न सकेको छैन ।
ठेक्काको सम्झौता अवधिभित्रै काम सक्नेगरी थालिएको बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक निर्माण निर्माण व्यवसायीले रु तीन करोड भुक्तानी नपाउँदा छ महिनादेखि काम ठप्प भएको हो । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतको उक्त सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएको थियो ।
निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गर्नेगरी सडक स्तरोन्नतिलाई तीव्रता दिए पनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम ठप्प भएको हो । सम्झौता भन्दा पहिलै सडक कालोपत्र सकिने गरी कामको प्रगती भए पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायी असारयता काममा फर्कन सकेका छैनन् ।
बत्तीस महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्ने लक्ष्यका साथ असारसम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि अहिले उक्त सडक निर्माण ठप्प छ । पहिरोले क्षति पु¥याएरको सडकमा मर्मत गर्न डिभिजन सडक कार्यालयले अनुमति नदिएपछि काममा फर्कन नसकिएको निर्माण व्यवसायी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले बताउनुभयो ।
‘सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमै काम गरेको बिलको रु तीन करोड भुक्तानी बाँकी छ, अहिले काममा फर्कन चाहेका छौँ तर आन्तरिक मूल्याङ्कनमा थप पूर्वाधार निर्माण गर्नसमेत नमानी इञ्जिनीयर सरुवा भएर जानुभयो,’ उहाँले भन्नुभयो ।
उक्त सडकको बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालयसम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्भर्ट निर्माण गर्ने र सब बेस विछ््याउने तथा घुम्ती ढलान कार्य सम्पन्न भइसकेको छ ।
बागलुङ बजारदेखि सिगानासम्मको सडक कालोपत्रका लागि कर्ण विल्र्डससँग रु ३० करोडमा सम्झौता भई २०७९ कात्तिकदेखि सडक निर्माणको काम सुरु भएको थियो । उक्त सडकको आठ किलोमिटरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु्यएर कालोपत्र गर्ने स्थानमा ग्राभेल र घुम्ती सडक ढालन भइसकेको छ । डिभिजन सडक कार्यालयका इञ्जिनीयर प्रभात तिवारीका अनुसार निर्माण व्यवसायीलाई रु तीन करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेकाले निर्माण व्यवसायीलाई काममा फर्काउन नसकिएको बताउनुभयो ।
बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो । बागलुङ बजारहुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साँढे दुई वर्षमा आठ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट आठ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम थालिएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












