भुक्तानी नहुँदा सडक निर्माण ठप्प
काठमाडौं । पाँच महिनामा रु ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण व्यवसायीको अडान रहे पनि उक्त सडकको काम छ महिनादेखि ठप्प छ ।
अधिकांश सडक निर्माण ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमै नसकिएको सन्र्दभमा यहाँको एक सडक भने सडक डिभिजन कार्यालयले भुक्तानी दिन नसक्दा छ महिनादेखि ठप्प भएको हो । भुक्तानी नपाउँदा ठेकेदारले काम गर्न सकेको छैन ।
ठेक्काको सम्झौता अवधिभित्रै काम सक्नेगरी थालिएको बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक निर्माण निर्माण व्यवसायीले रु तीन करोड भुक्तानी नपाउँदा छ महिनादेखि काम ठप्प भएको हो । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतको उक्त सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भएको थियो ।
निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गर्नेगरी सडक स्तरोन्नतिलाई तीव्रता दिए पनि गत आर्थिक वर्षकै बक्यौता रकम भुक्तानी नहुँदा सडकको काम ठप्प भएको हो । सम्झौता भन्दा पहिलै सडक कालोपत्र सकिने गरी कामको प्रगती भए पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायी असारयता काममा फर्कन सकेका छैनन् ।
बत्तीस महिनामा सक्ने काम डेढ वर्षमै सम्पन्न गर्ने लक्ष्यका साथ असारसम्म धमाधम काम गरेर आधारभूत पूर्वाधार निर्माण गरेपनि अहिले उक्त सडक निर्माण ठप्प छ । पहिरोले क्षति पु¥याएरको सडकमा मर्मत गर्न डिभिजन सडक कार्यालयले अनुमति नदिएपछि काममा फर्कन नसकिएको निर्माण व्यवसायी कर्ण विल्डर्सका प्रतिनिधि सन्दिप श्रेष्ठले बताउनुभयो ।
‘सडक डिभिजन कार्यालय बागलुङले गत आर्थिक वर्षमै काम गरेको बिलको रु तीन करोड भुक्तानी बाँकी छ, अहिले काममा फर्कन चाहेका छौँ तर आन्तरिक मूल्याङ्कनमा थप पूर्वाधार निर्माण गर्नसमेत नमानी इञ्जिनीयर सरुवा भएर जानुभयो,’ उहाँले भन्नुभयो ।
उक्त सडकको बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालयसम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्भर्ट निर्माण गर्ने र सब बेस विछ््याउने तथा घुम्ती ढलान कार्य सम्पन्न भइसकेको छ ।
बागलुङ बजारदेखि सिगानासम्मको सडक कालोपत्रका लागि कर्ण विल्र्डससँग रु ३० करोडमा सम्झौता भई २०७९ कात्तिकदेखि सडक निर्माणको काम सुरु भएको थियो । उक्त सडकको आठ किलोमिटरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु्यएर कालोपत्र गर्ने स्थानमा ग्राभेल र घुम्ती सडक ढालन भइसकेको छ । डिभिजन सडक कार्यालयका इञ्जिनीयर प्रभात तिवारीका अनुसार निर्माण व्यवसायीलाई रु तीन करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेकाले निर्माण व्यवसायीलाई काममा फर्काउन नसकिएको बताउनुभयो ।
बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका २०७९ कात्तिक पहिलो साताबाट काम थालिएको थियो । बागलुङ बजारहुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साँढे दुई वर्षमा आठ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट आठ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम थालिएको थियो ।
Comments
अरु समाचार
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...












