रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते
काठमाडौं । काठमाडौंबाट दाङ आउँदै गरेको यात्रुवाहक बस गएराति रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर–८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते भएकाहरू मध्ये दुईजनाको अवस्था गम्भिर रहेको र बाँकी अठारजनाको उपचार पछि डिस्चार्ज भइसकेको प्रहरी कार्यलय बुटवलका डिएपी होम थापाले बताएका छन् । थापाका अनुसार गम्भीर घाइते भएका दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।
गम्भीर घाइते हुनेमा दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरी, र सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीय रिखि साहु रहेका छन् ।
बा प्र ०३–००१ नम्बरको बस गए राति १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको थिए ।बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट...
-
एमालेको संकल्प यात्रा कार्ययोजना पारित,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने
काठमाडौं । नेकपा एमालेले १४ मंसिरबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ...
-
युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति,आजदेखि पठन पाठन र उपचार सेवा सुरु हुने
काठमाडौं । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी...
-
भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । भारतको कर्नाटामा सवारी दुर्घटनामा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर...
-
जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ : महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अन्नपूर्ण...
-
वैदेशिक रोजगारीपछि पशुपालन, मासिक रु दुई लाख आम्दानी गर्दै नोमबहादुर
काठमाडौं । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा...
-
भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढाई र उपचार बन्द
काठमाडौं । भैरहवाको युनिभर्सल कलेव अफ लका विद्यार्थीहरुले विभिन्न माग राख्दै अस्पतालका सम्पुर्ण सेवाहरु बन्द गराएका छन् । विगत केही...
-
प्रहरी दिवस रनिङ पुरुष भलिबल कप सम्पन, लुम्बिनी प्रदेश प्रथम
काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजद्वारा आयोजित प्रहरी दिवस रनिङ पुरुष भलिबल कप सम्पन भएको छ । ६८ औं प्रहरी...
-
आज देशका केही पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय...