विश्वकप छनोट: यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्त र दिनेश टिममा फर्किए
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
चोटका कारण विश्राममा रहेका नेपाली टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्धको खेलबाट पुनरागमन गर्ने भएका छन् । यमनविरुद्धको टोली घोषणा गर्दा उनको नाम पनि समेटिएको छ ।
नेपालले आज घरेलु मैदान दशरथ रंगशालामा यमनविरुद्ध खेल्दै छ । सो खेलका लागि कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।
गोलकिपरका लागि किरणकुमार लिम्बू, अभिषेक बरालर दीप कार्की रहेका छन् । डिफेन्डरका लागि अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ र रोहित चन्द रहेका छन् ।
त्यस्तै, मिडफिल्डरमा एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दिनेश हेनजान, क्रितिशरत्न छुन्चुले स्थान बनाएका छन् । जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी फरवार्डको भूमिकामा रहेका छन् ।
फिफा वरीयतामा यमन १५६ औं र नेपाल १७३ औं स्थानमा छ । खेल साँझ ७ बजेबाट सुरु हुनेछ । यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध ४–० को हार व्यहोरेको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











