विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई आक्रमण गरेका हुन् । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि पत्रकार देवानलाई बोलाइएको थियो । फेसबुक स्टाटसको विषयलाई लिएर आफूलाई आक्रमण गरिएको पत्रकार देवानले बताए ।
‘आन्दोलनको समाचार लेख्न बारम्बार फोन गरेर बोलाए । समाचार सङ्कलन गर्न पुगेपछि अज्ञात समूहले आक्रमण गर्यो,’ उनले भने । आक्रमणबाट पत्रकार देवाको बायाँ हातमा चोट लागेको छ । आक्रमण गर्ने विरुद्ध पत्रकार देवानले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
उजुरी दिएपछि मोरङ प्रहरीले पत्रकार देवानलाई आक्रमण गर्नेको खोजी कार्य जारी राखेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।यसैबिच पत्रकार देवानलाई आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार सम्बद्ध संघसंगठनहरुले माग राखेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति महासंघ मोरङलगायत विभिन्न संघसंगठनले पत्रकार देवानलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारबाहीका लागि माग राखेका हुन् ।
‘पत्रकारले कुनै पनि घटनाको विषयमा लेख्ने, रिपोर्टिङका लागि छायाङ्कन गर्ने तथा अन्तर्वार्ता लिने स्वतन्त्रता संविधानले नै दिएको छ । संविधान प्रदत्त काम गर्ने क्रममा कानुन हातमा लिएर कुटपिटमा उत्रिने र लछारपछार गर्ने काम निन्दनीय छ । समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननको रूपमा लिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











