स्वास्थ्यका उपकरण छिटो खरिद गर्न ऐनको संशोधन गर्नु पर्नेमा जोड
काठमाडौं, पुस ६ गते । सार्वजनिक खरिद ऐन स्वास्थ्य मैत्री नहुँदा स्वास्थ्य उपचार उपकरण खरिदमा ढिला हुने गरेको विज्ञले बताएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखले नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ती व्यवस्थापन प्रणली सम्बन्धी अन्तक्रिया कार्यक्रममा विज्ञले यस्तो तर्क गरेका हुन्।
कार्यक्रममा व्यवस्थापन महाशाखा निर्देशक सर्वेश शर्माले स्वास्थ्यका उपकरण खरिद प्रक्रिया झन्झटिलो भएको जीकिर गर्नुभयो। ऐन नहेरी उपकरण किन्न गाह्रो हुने र ऐन हेरेर खरिद गर्दा स्वास्थ्यका साम्रगी ल्याउन एक वर्षको समय लाग्ने उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ, “खरिद ऐनमा टेकेर साम्रगी खरिद गरेमा एक वर्षसम्म पनि सम्रगी ल्याउन गाह्रो पर्छ, तर कानुन नमानी ल्याउँछु भन्ने हो भने त्यही साम्रगी दुई मिनेटमा ल्याउन सकिन्छ। ”
महाशाखा अन्तर्गतको आपूर्ती शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले सार्वजनिक खरिद ऐनमा स्वास्थ्यका सामग्री खरिद गर्न कुनै छुट्टै व्यवस्था नगरिएकोले महामारीको बेलामा सामग्री खरिद गर्न गाह्रो हुने गुनासो गर्नुभयो। उहाँले भन्नुभयो,“सार्वजनिक खरिद ऐनमा स्वास्थ्यका सामग्री खरिद गर्न छुटै व्यवस्था नगरिएकोले खरिद प्रक्रिया सुरु गरेको एक वर्ष पछि मात्र साम्रगी आइपुग्छ। त्यसैले स्वास्थ्यका उपकरण बेलाबेलामा अभाव हुने गर्छ। ”
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले पनि खरिद प्रक्रिया झन्जटिलो हुँदा नयाँ उपकरण किने पनि त्यो उपकरण खरिद भएर आउँदासम्म पुरानो मोडलको हुने बताउनुभयो। उहाँले भन्नुभयो, “विश्वमा उपकरण छिटोछिटो विकास हुनेक्रम बढ्दो छ। तर नेपालमा स्वास्थ्यका उपकरण नयाँको लागि प्रक्रिया गरेपछि त्यो खरिद भएर आउँदासम्म अर्को नयाँ सुविधा सहितको उपकरणहरु बजारमा आइपुग्छन्। ”
यस्तो समस्याको समाधान गर्न खरिद गर्न सार्वजनिक खरिद ऐनको संसोधन आवश्यक रहेको डा. मिश्राको तर्क छ। उपकरणको गुणस्तर मापन गर्ने सम्बन्धित नियमक नहुँदा गुणस्तरीय भनेर किनेका उपकरण पनि छिटै बिग्रने गरेको डा. शर्माको गुनासो गर्नुभयो। उहाँले स्वास्थ्यका उपकरण छिटो छरितो रुपमा खरिद गर्न सार्वजनिक खरिद ऐनको संसोधन गर्नुपर्नेमा जोड दिनुभयो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












