विआर द युथ ‘वे’ ग्रुपद्वारा देवघाटधाम क्षेत्रको सरसफाइ
काठमाडौं । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।
फोहोरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित बनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले बताए । उनले देवघाट प्रवेशद्वार आँपटारीदेखि झोलुङ्गे पुलसम्मको क्षेत्रमा सरसफाइ गरिएको बताएका छन् ।
माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उनले जानकारी दिए ।
‘हप्ताको एकदिन एकछिन समाजको लागि भन्ने अभियानका साथ चार जनाले सुरु गरेको अभियानमा अहिले सयौँ युवा जोडिएका छन्, उनले भने, “सरसफाइ अभियानले टोलटोलमा जागरण ल्याएको छ ।” युवाले फोहर टिप्दै गाउँघरमा हिँडेपछि मानिसमा सचेतना फैलिएको सुनाए । पछिल्लो समय सङ्गठित फोहर कम भएको भन्दै हरेक टोलमा सरसफाइ अभियान चलेको बताए ।
उनका अनुसार २०७३ साल जेठ २४ गतेबाट सरसफाइ वातावरण संरक्षण अभियान थालिएको हो । सार्वजनिक ठाउँमा फोहर फाल्न हुँदैन भन्ने मानसिकता अझै परिवर्तन नभएको भन्दै उनले गाडीमा यात्रा गर्दा वा पैदलयात्रा गर्दा जथाभावी फोहर नफाल्न अनुरोध गरे ।
सार्वजनिकस्थलमा अझ फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उनले घरबाटै फोहर व्यवस्थापन गर्न नसक्दा सार्वजनिकस्थलमा जथाभावी फोहर फालिएको सुनाए।
महानगरपालिका, नगरपालिका र पालिकाले आआफ्नो व्यवस्थित डम्पिङसाइट बनाउने हो भने फोहर उचित व्यवस्थापन हुने अध्यक्ष कँडेलको भनाइ छ ।
ग्रुपका सदस्य भविलाल चापागाईंले व्यक्ति सचेत हुने हो भने फोहर नहुने बताए । प्रत्येक घरले आफ्नो घरको फोहरको व्यवस्थापन गरेनन् भने कही पनि सफा नहुने उनको भनाइ छ ।चापागाईंले भने, “हामीले जानीजानी पनि फोहर गरिरहेका हुन्छौँ । प्रत्येक घरले आफ्नो घरको फोहर व्यवस्थापन गरेन भने कही पनि फोहर हुँदैन ।”
सार्वजनिक ठाउँमा महानगरले फोहर व्यवस्थापनसम्बन्धी बोर्ड राखे फोहर व्यवस्थापनमा अझ सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । देवघाट क्षेत्रमा धार्मिक गतिविधिका फोहर बढेको भन्दै सबै नागरिक सचेत बन्नुपर्ने बताए ।
देवघाटका स्थानीय बुद्धिसागर न्यौपानेले धार्मिकस्थल आउँदा पनि मानिसले फोहर फाल्न नछाडेको गुनासो गरे । ज्ञानको कमी भएर पनि कतिपय मान्छेले धार्मिकस्थलमा फोहर फाल्छन्, उनले भने, “जथाभावी फोहर फाल्नेलाई कारबाही गर्नुपर्छ ।
उनले युवाले जसरी सरसफाइ गरेका छन् हरेक नागरिकले त्यसरी नै आआफ्नो दायित्व सम्झेर घरघरमा फोहर व्यवस्थापन गर्नुपर्ने उनले बताए।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












