कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको फाइनल प्रवेश
काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
१४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो । कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा २ चौका र एक छक्का प्रहार गरिन् । रुबिना क्षेत्रीले २२, लकिता राजवंशीले १४ रन बनाइन् । विमला मलाहा ६ रनमा अविजित रहिन् ।
एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले एकरएक विकेट लिए । पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारीसहित अविजित रहिन् । उनले ५० बलमा ३ चौका र एक छक्का प्रहार गरिन् । कप्तान सीता राना मगर ४५ रन र ज्योति पाण्डेले १२ रन बनाए । रोमा थापा १८ रनमा अविजित रहे । कोशीका लागि एक मात्र विकेट कप्तान रुबिना क्षेत्रीले लिइन् ।
आजको दोस्रो खेल एलिमिनेटर वानअन्तर्गत सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यी दुई बिचको विजेताले कोशीसँग एलिमिनेटर टु अन्तर्गत कोशीसँग खेल्नेछ । एलिमिनेटर टु को विजेताले पुस १८ गते फाइनलमा एपीएफसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












