झापामा बढ्दै दादुराको प्रकोप
काठमाडौं । झापा जिल्लाका पन्ध्र वटा पालिका रहेको दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको बताए ।
उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको जानकारी दिए । जिल्लामा दुई हप्ताको अन्तरालमा सात जनामा दादुराको सङ्क्रमण देखिएको उनले बताए।
उनका अनुसार झापा गाउँपालिकामा छ जना र विर्तामोड नगरपालिकामा एक जनामा दादुरा देखिएको छ । झापा गाउँपालिका–७ मदरगाँछका दुई जना सन्थाल, तीन जना थापा र एक जना बराइली थरका व्यक्तिमा दादुराको सङ्क्रमण देखिएको उनले जानकारी दिए। उनले सात वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट सङ्क्रमित भएको जानकारी दिए । उनीहरुको शरणामती हेल्थपोस्टमा रक्त नमुना परीक्षण गर्दा दादुरा देखिएको हो । रक्त परीक्षणमा दादुराको प्रकोप एकै घरका तीन जनासम्ममा देखा परेको थियो ।
यसैगरी विर्तामोड नगरपालिका–३ की पाँच वर्षीया बालिकामा पनि दादुराको सङ्क्रमण देखा परेको छ । उपचारका लागि दुई दिनअघि बिर्तामोड नगर अस्पताल ल्याइकी बालिकाको रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । हाल बालिकालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए।
सरकारले सन् २०२३ सम्ममा नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको थियो । तर हरेक वर्ष मुलुकका विभिन्न जिल्लामा देखिने दादुरा प्रकोपका कारण लक्ष्यप्राप्ति हुन नसकेको बताइएको छ । सरकारले नौ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, झापा गाउँपालिकामा मात्र सात वर्षको अवधिमा एक हजार सात सय ८७ जनाले नियमती खोप नलगाएको तथ्याङ्क फेला परेको अधिकृत पोखरेलले बताए ।
उनले गत साउन, भदौमा कोशीको मोरङ र सुनसरी जिल्लामासमेत दादुरा देखिएको बताए। “हामीले यसलाई झापा गाउँपालिकामा महामारीका रुपमा लिएका छौँ”, उनले भने, “सामान्य ज्वरो मात्र आएको छ भने पनि नजिकैको स्वास्थ्यचौकीमा गएर रगत परीक्षण गर्न सबैलाई अनुरोध गर्दछौँ ।”
उनले दादुरा सङ्क्रमितको थुक, खकारबाटसमेत अर्को व्यक्तिमा सर्ने हुँदा झापा गाउँपालिकाका जनप्रतिनिधिलाई नै राखेर दादुरा रोगको लक्षण, यसको जलिटता, अन्य असर र समुदायमा पार्ने प्रभावका बारेमा समेत जानकारी दिएको बताए।
दादुरा प्रायः पाँच वर्षमुनिका बालबालिकामा लाग्छ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यो रोग खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्दछन् । उनले आफ्नो घर वा छिमेकमा ज्वरो आएको बच्चा छ भने तत्काल रक्त परीक्षण गर्न आग्रह गरे । सङ्क्रमित अध्ययन गर्ने विद्यालयका सबै विद्यार्थीको रगत परीक्षण गरिरहेको जानकारी पनि दिए ।
अधिकृत पोखरेलले दादुराको उपचार भनेको दादुरा आउन नदिने खोपमात्र भएका कारण सरकारले फागुनदेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको पनि बताए । नेपालमा दादुराको खोप अभियान सन् २००४ देखि सुरु भएको हो । धेरैले पहिलो डोज लगाएपछि दोस्रोे डोज नलगाएकाले पनि यो रोग निवारणमा चुनौती थपिएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











