ऋण तिर्ने क्षमता घट्दा कालोसूचीमा पर्नेहरूको सङ्ख्या बढ्यो
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर वा काटिएको चेक नसाटिएर कालोसूचीमा पर्ने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार गएको साउनदेखि पुससम्म ६ महिनामा मात्रै २३ हजारभन्दा धेरै मानिस कालोसूचीमा परेका छन् । गएको आर्थिक वर्षमा ३४ हजार मानिस कालोसूचीमा परेका थिए ।
पछिल्ला दिनहरूमा दिनमै चार सयसम्म मानिस कालोसूचीमा पर्ने गरेका पाइएको छ । केन्द्रको तथ्याङ्कअनुसार १० वर्ष अघिसम्म एक वर्षमा कालोसूचीमा परेको जति सङ्ख्या अहिले दुईरतीन दिनमै पर्न थालेका छन् । विशेषगरी कोभिड महामारीका बेला आएको सहुलियत कर्जा र त्यस बेला शेयर बजार बढ्दा भएको लगानीपछि कालोसूचीमा पर्ने क्रम धरै बढेको पाइन्छ ।
एक वर्षसम्म बैंक तथा वित्तीय संस्थाको ऋणको साँवा ब्याज किस्ता भुक्तानी नगरेमा वित्तीय संस्थाले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन सक्छ । यस्तै कसैलाई भुक्तानी दिन भनेर काटिएको चेक नसाटिएमा पनि पीडितले खातावालालाई कालोसूचीमा राख्न सम्बन्धित वित्तीय संस्थालाई निवेदन दिन सक्छ । वित्तीय संस्थाहरूको अनुरोधमा व्यक्ति वा कम्पनीलाई कालोसूचीमा राख्ने काम भने कर्जा सूचना केन्द्रले गर्दछ ।
कालोसूचीमा पर्ने बढ्नु भनेको समग्रमा देशको आर्थिक अबस्था शिथिल हुनु रहेको अर्थविद्हरू बताउँछन् । व्यवसायीहरू अहिले नेपालमा बितेको ४०र५० वर्षयताकै बढी मन्दी देखिएको बताउँछन् । आफूहरूले दशौँ अर्ब भुक्तानी नपाउनु र सरकारको पुँजीगत खर्च निकै कम हुनुले पनि अहिलेको मन्दी बढ्नुमा भूमिका खेलेको निर्माण व्यवसायीहरूको भनाइ छ । ठेकेदारलाई पैसा दिएमा बजारमा पैसाको प्रवाह बढ्न सक्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












