लागूऔषध नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्यः महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक ‘गीति वृत्तचित्र’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र टोखा नगरपालिकाको संयुक्त आयोजनामा टोखा नगरपालिका–३ स्थित तुरचामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गीति वृत्तचित्र विमोचन गर्नुका साथै वृत्तचित्र निर्माणमा सहयोग पुर्याउने महानुभावहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका अवसरमा प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध प्रयोगकर्तालाई लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने तथा यसको नकारात्मक असरबारे सचेतना जगाउँदै स्वस्थ्य समाजको परिकल्पनाको उद्देश्यसहितको सन्देशमूलक गीति वृत्तचित्र निर्माण कार्य सराहनीय रहेको बताए । व्यक्ति, परिवार, समाज मात्र नभई समग्र राष्ट्रको लागि नै गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यसन नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन आवश्यक रहेको उनले उल्लेख गरे।
प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधको प्रयोगले उत्पादनशील र श्रृजनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि समेत वृद्धि हुने हुँदा लागूऔषध नियन्त्रण र रोकथामको लागि कानून कार्यान्वयन गर्ने निकायका साथै अभिभावक वर्ग, स्थानीय समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, “प्रत्येक घरघरमा प्रहरी पुग्न नसक्ने हुँदा लागूऔषधको दुर्व्यसनबाट कुनै पनि व्यक्तिलाई बच्न, बचाउन अभिभावक र परिवारनै प्रथम संरक्षक एवम् सचेतकको भूमिकामा रहनुपर्ने हुन्छ ।” लागूऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारीसहितको सहभागिता प्रवर्द्धनमा नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अघि बढ्ने उल्लेख गर्दै यस कार्यमा सबै सरोकारवाला निकायहरूको समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उनले बताए।
कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गरेका थिए । उनले उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले लागूऔषध दुर्व्यसन तथा रोकथामका उपायहरू सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । साथै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।
उक्त गीति वृत्तचित्रमाथि अन्तरक्रिया समेत भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, स्थानीय जनप्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











