लागूऔषध नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्यः महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक ‘गीति वृत्तचित्र’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र टोखा नगरपालिकाको संयुक्त आयोजनामा टोखा नगरपालिका–३ स्थित तुरचामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गीति वृत्तचित्र विमोचन गर्नुका साथै वृत्तचित्र निर्माणमा सहयोग पुर्याउने महानुभावहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका अवसरमा प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध प्रयोगकर्तालाई लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने तथा यसको नकारात्मक असरबारे सचेतना जगाउँदै स्वस्थ्य समाजको परिकल्पनाको उद्देश्यसहितको सन्देशमूलक गीति वृत्तचित्र निर्माण कार्य सराहनीय रहेको बताए । व्यक्ति, परिवार, समाज मात्र नभई समग्र राष्ट्रको लागि नै गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यसन नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन आवश्यक रहेको उनले उल्लेख गरे।
प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधको प्रयोगले उत्पादनशील र श्रृजनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि समेत वृद्धि हुने हुँदा लागूऔषध नियन्त्रण र रोकथामको लागि कानून कार्यान्वयन गर्ने निकायका साथै अभिभावक वर्ग, स्थानीय समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, “प्रत्येक घरघरमा प्रहरी पुग्न नसक्ने हुँदा लागूऔषधको दुर्व्यसनबाट कुनै पनि व्यक्तिलाई बच्न, बचाउन अभिभावक र परिवारनै प्रथम संरक्षक एवम् सचेतकको भूमिकामा रहनुपर्ने हुन्छ ।” लागूऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारीसहितको सहभागिता प्रवर्द्धनमा नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अघि बढ्ने उल्लेख गर्दै यस कार्यमा सबै सरोकारवाला निकायहरूको समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उनले बताए।
कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गरेका थिए । उनले उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले लागूऔषध दुर्व्यसन तथा रोकथामका उपायहरू सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । साथै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।
उक्त गीति वृत्तचित्रमाथि अन्तरक्रिया समेत भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, स्थानीय जनप्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











